हेलिकप्टर प्रयोगले एमालेमा खैलाबैला

४ चैत्र २०७०, मंगलवार ०७:१४ मा प्रकाशित

काठमाडौ, ४ चैत्र । तडकभडक र फजुल खर्च नगर्ने नीति नाघेर क्षेत्रीय अधिवेशनमा तीनवटा हेलिकप्टर प्रयोग गरिएको प्रसंगले एमालेभित्र खैलाबैला मच्चिएको छ । पार्टीको तल्लोदेखि माथिल्लो निकायसम्म यसले ध्यानाकर्षण गरेको छ ।

एमाले सचिव शंकर पोखरेलले यस्तो प्रवृत्तिले राजनीतिलाई गलत बाटोतिर लैजाने बताए । उनले यसलाई ‘अपसंस्कृृतिु को संज्ञा दिए । ‘अपर्झट काम पर्दा गृहमन्त्रीसम्मले प्रयोग गर्नु स्वाभाविक हुन सक्छ । तर तीन तीनवटा हेलिकप्टर प्रयोग अस्वाभाविक हो, यस्ता गतिविधिलाई दुरुत्साहित गर्नुपर्छ,’ उनले भने ।

गएको शनिबार धादिङको क्षेत्रीय अधिवेशन उद्घाटनमा नेता(कायकर्ता ओसार्न तीन हेलिकप्टर प्रयोग भएका थिए । पार्टीका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे र केही कार्यकर्ता छुट्टाछुट्टै हेलिकप्टरबाट धादिङ पुगेका थिए । राजधानीबाट तीन घन्टा मोटर चढेर कार्यक्रमस्थल पुग्न सकिन्थ्यो ।

राज्य र पार्टीको नभई कार्यकर्ताहरूको व्यक्तिगत खर्चमा हेलिकप्टर प्रयोग भएको स्थानीय पार्टी नेतृत्वले दाबी गरेको छ । सचिव पोखरेल त्यसप्रति सहमत देखिएनन् । व्यक्तिगत रूपमा कसैले खर्च गर्‍यो भने पनि त्यसको प्रभाव के पर्छ भन्ने ख्याल गर्नुपर्छ,’ उनले भने ।

पार्टीगत अनुशासनसँग जोडिएका विषयहरू हेर्न एमालेमा छुट्टै आयोग छ । कार्यकर्ताको जीवनशैली, वैचारिक राजनीतिक रूपमा खेल्नुपर्ने भूमिकालगायत विषयमा केन्द्रदेखि तल्लो तहसम्म ध्यानाकर्षण गराइरहे पनि पालना नभइरहेको आयोग अध्यक्ष अमृतकुमार बोहराले बताए ।

‘कार्यकर्ताहरूसँगको सम्बन्ध नटुटोस्, उनीहरूकै जस्तो शैली होस् भनेर हामीले तडकभडक नगर्ने, फजुल खर्च नगर्नेलगायत नीति बनाएका छौ,’ उनले भने, ‘तर यसको पालनामा कमजोरी देखिन्छ ।’ उनले हेलिकप्टर प्रयोगको प्रसंग पार्टी अनुशासनसँग मेल नखाने बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र