कास्कीमा एसएलसीका लागि ७७ विद्यार्थी अयोग्य

३ चैत्र २०७०, सोमबार १७:०० मा प्रकाशित

पोखरा, ३ चैत । कास्कीबाट यस वर्षको एसएलसी परीक्षामा रजिस्ट्रेसन फारम भरेकामध्ये विभिन्न कारणले ७७ जना विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएका छन् ।

हाजिर नपुगेका, विद्यालय छोडेर अन्यत्र गएका र जन्म मिति नपुगेका यस्ता विद्यार्थी ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयका भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

एसएलसी परीक्षामा सम्मिलित १५४ सार्वजनिक र १०७ संस्थागत विद्यालयमध्ये अभैm २१ विद्यालयको यकिन तथ्याङ्क आउन बाँकी रहेकाले अयोग्य विद्यार्थीको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको बताइएको छ ।

यस जिल्लाबाट परीक्षामा नियमित र एक्जाम्टेडका गरी १० हजार ७४३ जना छात्रछात्रा सम्मिलित हुने भएका छन् । जसमा नियमिततर्पm नौ हजार ६३९ र एक्जाम्टेडतर्पm एक हजार १०४ विद्यार्थीले परीक्षा दिने कार्यालयले जनाएको छ । परीक्षाको लागि २९ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग