मूल्यबृद्धिको बिरोधमा राजधानीमा विद्यार्थी प्रदर्शन

३ चैत्र २०७०, सोमबार १४:३३ मा प्रकाशित


काठमाडौं, ३ फागुन । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।
राजधानीका विभिन्न क्याम्पस अगाडि आज (सोमबार) प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । ‘मूल्यबृद्धिको निर्णय विरुद्ध राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छौं,’ उनले भने, ‘वार्ता र आन्दोलन साथसाथै जान्छ ।’
विद्यार्थी प्रदर्शनका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो । विद्यार्थी संगठनहरुले आजदेखि सरकारी गाडी चल्न नदिने पनि जनाएका छन् ।
उता, विद्यार्थी संगठनहरुले आजै सरोकारवालाहरुसँग मूल्यबृद्धिका विषयमा अन्तरक्रिया पनि गरेका छन् । अन्तरक्रियामा नेपाल आयल निगममा भएको भ्रष्टाचार र अनियमितता रोक्न सरकारसँग माग गरिएको थियो ।
निगम भित्रको भ्रष्टाचार र अब्यवस्थाले पटक पटक मूल्यबृद्धि हुने गरेको अन्तरक्रियामा सहभागीहरुले जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय