स्थानीय निर्वाचनले संघीयतालाई असर गर्दैन : रिजाल

३ चैत्र २०७०, सोमबार १३:५७ मा प्रकाशित


विराटनगर, ३ चैत । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले स्थानीय निकायको निर्वाचनले नयाँ संविधान र संघीयतालाई असर नपर्ने बताएका छन् ।
विराटनगरस्थित आफ्नै निवासमा आज (सोमबार) पत्रकारसँग कुरागर्दै मन्त्री रिजालले एक वर्षभित्र जनताले चाहेजस्तो लोकतान्त्रिक संविधान निर्माण गर्न सरकारले सहयोग गर्ने बताए । ‘स्थानीय निकायको निर्वाचनले संविधान निर्माण र संघीयतामा कुनै बाधा पर्दैन’ उनले भने ।
उनले एमाओवादी र नेकपा–माओवादी तथा मधेसी दलहरुलाई सहमतिमा ल्याएर सरकारले स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताए ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कार्य ठप्प भएको भन्दै मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनको विरोध नगर्न सबै दलहरुलाई आग्रह गरे ।
यसैबीच, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय निकाय निर्वाचनको मिति सबै दलको सहमतिमा घोषणा गरिने बताए ।
विराटनगरस्थित आफ्नै निवासमा आज पत्रकारसँग कुरा गर्दै आचार्यले स्थानीय निकायको निर्वाचन मिति घोषणामा कसैले अड्को थाप्न नहुँने बताए ।
तोकिएको समयमा संविधान निर्माणका लागि एथेष्ट सम्भावना रहेको भन्दै मन्त्री आचार्यले एक वर्षभित्रमा संविधान जारी गर्ने दाबी गरे ।
‘अघिल्लो संविधानसभाले गरेका सहमतिलाई संविधानसभामा पेस गर्ने, छलफल गरी सहमति गर्ने र त्यसबाट पनि समाधान नभएमा प्रक्रियामा जाने दलहरुबीच सहमति भएकाले संविधान बन्नेमा ढुक्क छु,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र