दुई सभासद मूर्ख

३ चैत्र २०७०, सोमबार ०८:१७ मा प्रकाशित


पर्सा, ३ चैत्र । संविधानसभाको निर्वाचन जितेका सभासद राजेन्द्रबहादुर अमात्यलाई जिल्लाबासीले भद्र र परिपक्व नेताको रूपमा चिन्छन् । तर, शनिबार वीरगन्जमा एउटा समारोहमा उनलाई ‘महामूर्खु उपाधि दिइयो । उनलाई तरकारीको माला लगाई दिएर महामूर्ख विभूषित पनि गरियो ।

उनीसँगै अर्का सभासद राजकुमार गुप्तालाई ‘अधिराजकुमार मूर्खु को उपाधिले विभूषित गरियो । कसैले मूर्ख भनेर गाली गर्दा जोकोही पनि झोकिन्छ । तर अमात्य र गुप्ता भने मञ्चमै यसरी पदवी दिँदा रिसाएनन् बरु खुसीले गदगद भए ।

उनीहरूले आयोजक नेपाल भोजपुरी प्रतिष्ठानलाई धन्यवाद मात्र दिएनन् एक वर्षका लागि आफूमाथि ठूलो जिम्मेवारी आएकाले त्यसको राम्रोसँग वहन गर्ने सार्वजनिक वचनबद्धता नै जाहेर गरे ।

विषय हो, प्रतिष्ठानले गरेको महामूर्ख सम्मेलनको । प्रत्येक वर्षझैं यस वर्ष पनि प्रतिष्ठानले नगरको सबैभन्दा भीडभाड हुने स्थान माईस्थान मन्दिर अघिल्तिरको खाली भागमा मञ्च ठडाएको थियो ।

आयोजकले दुवैजनालाई यस वर्षको महामूर्ख र अधिराजकुमार मूर्ख घोषित गरेपछि अबिरसँगै तरकारीको माला लगाइदिए । महामूर्ख घोषित भएपछि प्रतिक्रिया दिँदै गुप्ताले भने, ‘होलीले हामीलाई एक आपसमा सद्भाव बढाउने सन्देश दिन्छ, आज मुलुकमा सद्भाव र एकताको खाँचो छ ।’

गुप्ताले पनि आफूहरू एक वर्षभित्रै नयाँ संविधान बनाउने प्रणका साथ संविधानसभामा पुगेकाले यसका लागि दत्तचित्त भई लागेको बताए ।

‘यो पर्वमा जसले जसलाई पनि व्यंग्य गर्न छुट छ,’ आयोजक संस्थाका अध्यक्ष मास्टर तारा सिंहले भने, ‘यही त यो पर्वको मज्जा पनि त हो, सबै लोकलाज र वैरभाव त्यागेर उल्लासपूर्वक मनाउँछन् । मञ्चमा तेस्रोलिंगीदेखि लिएर स्थानीय कलाकारहरूले होली नृत्य पस्केर माहोललाई पूर्ण रूपले होलीमय बनाएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार