अनुगमन नगरे सुपरभाइजरलाई कारबाही

३ चैत्र २०७०, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं, ३ चैत । करोडौं लगानी गर्दा पनि फोहोर व्यवस्थापन प्रभावकारी नभएपछि काठमाडौं महानगरपालिकाले अनुगमन नगर्ने सुपरभाइजरलाईसमेत कारबाही गर्ने भएको छ ।

सार्वजनिक स्थलमा फोहार फयाक्नेलाई निगरानी गर्न तथा समयमा फोहोर उठाए–नउठाएकोबारे अनुगमन गर्न खटाइएका सुपरभाइजरलाई कारबाहीको दायरामा ल्याइने महानगरले जनाएको छ । फोहोर उठाउने नाइके र सुपरभाइजरमा फरक नदेखिएको भन्दै महानगरको वातावरण विभागले अनुगमन प्रभावकारी नभए कारबाही गर्ने जनाएको हो ।

महानगरले सबै ३५ वडामै फोहोर उठाउने, नाइके र महानगरको वडालाई समन्वय गर्नेगरी सुपरभाइजर खटाएको छ । कार्यक्षेत्रमा नजाने तथा फोहर व्यवस्थापन प्रभावकारी नहुँदा पनि चासो नदिएको पाइएपछि उनीहरूलाई कारबाही गर्ने अवस्थामा पुगिएको वातावरण महाशाखा प्रमुख हरि कुँवरले बताए । ‘उनीहरूले आफ्नो जिम्मेवारी लिएको देखिएन’ कुँवरले सबै सुपरभाइजरलाई भने, ‘बढी फोहोर फालिने सार्वजनिक स्थल र फोहोरका प्रकारका विषयमा कहिल्यै रिपोर्ट आएन ।’ एक हप्ताभित्र सबै सुपरभाइजरलाई आफ्नो क्षेत्रको रिपोर्ट ल्याउन भनिएको कुँवरले बताए ।

वडासँग मिलेर कारबाही अघि बढाउन तथा वडाबाट गर्न नसकिएका कारबाही केन्द्रबाट गर्नेगरी निर्देशन जारी भएको वातावरण विभागले जनाएको छ । सार्वजनिक स्थलमा फोहोर गर्नेलाई तुरुन्तै हजार तथा वातावरण विभागले १० हजार रुपैयाँसम्म र महानगरका प्रमुख तथा कार्यकारी अधिकृतले १० हजारभन्दा बढी जरिबाना र कैद सजाय गराउन सक्ने फोहोरमैला व्यवस्थापन ऐनमा उल्लेख गरिएको छ । प्रहरीले समेत सार्वजनिक स्थलमा फोहोर फयाक्नेलाई पक्राउ गर्ने निर्णय गरिसकेकाले प्रहरीसँग मिलेर काम गर्न सुपरभाइजरलाई विभागले निर्देशन दिएको छ ।

सडकसँगै जोडिएका पसलले सडकमा फोहोर फयाक्ने गरेको पाइएको भन्दै वातावरण विभागले आफ्नो पसलमा फोहोर फयाक्ने भाँडो नराख्नेलाई कारबाही गर्ने अभियानसमेत सुरु गरेको जनाएको छ । गत शनिबारबाट सो अभियान सुरु भएको जनाउँदै महाशाखा प्रमुख कुँवरले पहिलो चरणमा सबै ३५ वडाका पसलमा डस्टबिन राख्ने तथा नराखेमा हुने कारबाहीबारे जानकारी हुनेगरी प्रचारप्रसार सुरु गरिएको बताए । पहिलो एक महिना अधिकतम प्रचारप्रसार गर्ने तथा त्यसपछि क्रमशः कारबाही अघि बढाइने उनले जनाए । आगामी आर्थिक वर्ष ०७१र७२ को सुरुवातबाट अनुगमन र कारबाही गर्नेगरी तयारी भइरहेको विभागको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना