भारतको कछुवा नेपाल हुँदै चीन तस्करी

३ चैत्र २०७०, सोमबार ०७:४५ मा प्रकाशित

कपिलवस्तु, ३ चैत । अवैध संकलन तथा बेचबिखनका कारण कछुवाको अस्तित्व संकटमा पर्दै गएको विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। विभिन्न प्रयोजनका लागि संकलन तथा यसको चोरी तस्करी बढेपछि कछुवा लोप हुने अवस्थामा पुगेको हो।

कछुवा पाल्न, सजावटका सामाग्री, मासु खान, परंपरागत औषधी बनाउनका लागि बिभिन्न ताल तलैया र पोखरीबाट अबैध रुपमा संकलन गर्ने गरिएको कछुवा विज्ञ डा। करणबहादुर शाहले बताए। कछुवा व्यापारी गाउँगाउँ गइ जाल हालेर र ताल पोखरी सुकाएर कछुबा समातेर ल्याइ बिक्री बितरण गर्दछन्।

‘मासुका लागि अरु भन्दा सस्तो पनि हुने र औषधीको पनि काम गर्ने हुँदा कछुवाको माग बढी रहेको छू शाह भन्छन्। अबैध संकलन तथा तस्करी भए पनि त्यसलाई रोक्नका लागि पहल नगरिंदा यो लोप हुने अवस्थामा पुगेको उनले बताए। वन जंगल बिनाश, ताल तलैया सुकाउने र प्रदुषित गर्ने तथा ताल क्षेत्रमा गरिने भौतिक निर्माणले कछुवाको वासस्थानसमेत विनाश हुँदै गएकोले कुछुवा संकटमा पुरेको उनले बताए।

अर्कोतर्फ भारतबाट अबैध रूपमा भित्र्याइएको कछुवालाई नेपालको तातोपानी नाकाहुँदै चीनमा पुर्‍याउने क्रम समेत बढेको अध्ययन टोलीमा आएका अर्का सदस्य प्रकाश अर्यालले बताए। ‘भारतमा सय ढेड सय रुपैया प्रति किलोका हिसाबले पाइने कछुवा चीनमा १५ हजार रुपैयासम्ममा बिक्री हुने गरेकोले तस्करहरु अबैध निकासीमा सक्रिय हुने गरेका छन्’ अर्यालले भने। चीनमा कछुवाबाट परम्परात औषधी बनाईने भएकाले रक्त चन्दन जस्तै यसको माग समेत बढी छ।

विज्ञका अनुसार विश्वमा ३ सय ३० प्रजातिको कुछुवा देखिए पनि आधाभन्दा बढी प्रजाती लोप भइसेका छन् भने नेपालमा पाइने १६ प्रजातीको अस्तित्व खतरामा रहेको छ। विश्व सिमसार क्षेत्रमा कछुवाको अध्ययन र संरक्षणका लागि जुटेका संरक्षण अधिकृत मोहन विश्वकर्माका अनुसार कपिलवस्तु र महेन्द्रनगरमा कछुवाको सबैभन्दा बढी अबैध संकलन र व्यापार हुने गरेको पाइएको छ। आफुहरुले सन २००८ देखि २०१० सम्म गरेको अध्ययनले देशमा प्रति बर्ष १ हजार १२० अबैध संकलन गरी मारिन्छ। प्रति हप्ता ४० वटा मारेर प्रति व्यक्ति ११ वटा उपभोग गर्ने गरिन्छ। जिल्लामा प्रति हप्ता ५०देखि संकलन र उपभोग गर्ने गरिएको तथ्यांकले देखाएको विश्वकर्माले बताए।

कछुवालाई पोखरीमा पाल्ने तथा ताल तलैयामा मानव अतिक्रमण बढेपछि जीवनयापन तथा प्रिबिडिङ – प्रजननको समेत समस्या हुने गरेको बताइएको छ। पानी बाहिर आएर ओभानोमा अण्डा पारेर बच्चा जन्माउने हुँदा उपयुक्त ठाँउको समेत कछुवालाई अभाव हुने गरेको छ। कछुवालाई बालुवायुक्त माटो चाहिने भए पनि मानविय गतिबिधिले गर्दा अण्डा पार्न समेत समस्या हुने गरेको विज्ञ बताउँछन्। कछुवा ओथारो नबसी प्राकृतिक तापबाट ५० देखि ९० दिनपछि बच्चा जन्मने गर्दछ।

एक बर्षअघिसम्म जिल्लाका बिभिन्न हाट बजारमा कछुवा खुलारुपमा बिक्री बितरण भए पनि अहिले भने कमी आएको संरक्षण टोलीका बिराज चौधरीले बताए। संरक्षित बन्यजन्तु नभए पनि कछुबालाई बिक्री बितरण र मार्न भने पाईंदैन। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ ले कछुवा बिक्री र मार्न नपाईने व्यवस्था गरेको छ। त्यस्तै नेपाल सरकारले अनुमोदन गरेको अन्तर्राष्ट्रिय सन्धि साईटिसले पनि कछुवाको बिक्री र मार्न नपाउने उल्लेख गरेको छ। कछुवा मार्ने र बिक्री बितरण गर्नेलाई २ हजार देखि १० हजारसम्म जरिवाना वा २ बर्ष सम्म कैदको प्रावधान रहेको छ।

बाघ, भालु लगायत प्राणीको संरक्षण्का लागि सरकारले लगानी र कार्यक्रम अघी बढाए पनि कछुवाको संरक्षणतर्फ भने चासो नििदएको कुछवा संरक्षण विदहरुको गुनासो छ। ‘कछुवाको बासस्थान संरक्षण, अबैध संकलन तथा बेचबिखनलाई रोक्न सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी छ, नत्र कछुवा केही बर्षमै लोप हुन्छ’ चौधरी भन्छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र