निर्देशक सबिरले फिल्म ‘इशारा’को सेक्स क्लिप सार्वजनिक गरे

१४ बैशाख २०६९, बिहीबार २०:०७ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो सेक्स । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि सेक्स नै हो । यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि सेक्सलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।

बिगतका केहि फिल्ममा सेक्सको बिषयलाई अलि बढि प्राथमिकतामा राखिएको हामीले देख्दै आएका छौं । आगामी दिनमा झन बढ्दो रूपमा सेक्सलाई बिकाउको रूपमा फिल्ममा प्रयोग गरिने कुरामा दुई मत छैन । बिगतका फिल्महरू मध्ये कतिले पैसा कमाउनका लागि सेक्सको म्याटर राखेर चर्चा कमाए होलान् त कतिले सामाजिक सन्देश दिने प्रयास पनि गरे होलान् । यहि भुमरीमा यस्तो फिल्म आउँदै छ जुन फिल्मले पनि सेक्सको बिषयलाई उठान गरेको पाईएको छ । यसरी सेक्सको बिषयलाई उठान गरेको अर्को फिल्म हो ‘इशारा’ ।

फिल्म इशाराले सेक्सको बिषयलाई कसरी प्रस्तुत गरेको छ त्यो त केहि साता भित्रमा दर्शकले थाहा पाईहाल्ने छन् तर अहिले भने फिल्मीखबरले उक्त फिल्ममा राखिएको सेक्स क्लिपलाई एस्क्लुसिभ रूपमा सार्वजनिक गरेको छ । फिल्मको कास्टिङ सहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् ।

युवानिर्देशक सबिर श्रेष्ठले निर्देशनमा नायिका उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय रहेको छ । जेष्ठको अन्तिम या असारको पहिलो साता अलनेपाल रिलिज हुने तयारीमा रहेको सो फिल्मको सेक्स क्लिप राखेर निर्माण युनिटले के इशारा गर्न खोजेको हो बुझ्न सकिएन । क्लिप हेर्दा लाग्छ फिल्मले कतै सेक्स क्लिप सार्वजनिक भएका नायिकाको कथालाई उठान गरेको त हैन ? प्रश्न गम्भिर छ ।
Source : फिल्मीखबर

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले