होली रंगमा हराए नेपाली कलाकार (फोटो फिचर)

२ चैत्र २०७०, आईतवार १७:१७ मा प्रकाशित


काठमाडौं, २ चैत । रंगको पर्व होलीमा कलाकारहरुले पनि हर्सोल्लासका साथ मनाएका छन् ।
राजधानीका विभिन्न स्थानमा जम्मा भएका कलाकारहरुले आआफ्नै तरिकाले होली मनाएका हुन् । उनीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदान प्रदान गरे ।
नयाँ बानेश्वरमा रहेको निर्माता छवि ओझाको नमस्ते नेपालमा पनि कलाकारहरु जम्मा भएर होली मनाए । उनीहरुले एकआपसमा शुभकामना साटेको निर्देशक श्याम भट्टराईले जानकारी दिए । उता सुदूरपश्चिममा शूटिङमा रहेकी नायिका रेखा थापाले यस पटकको होली पर्व मनाउन नपाएकोमा चिन्ता जनाएकी छन् ।
पुरानी नायिका करिष्मा मानन्धरको ललितपुरस्थित घरमा यस पटक पनि कलाकारहरुको जमघट रहेको थियो । जम्मा भएका कलाकारले रंग लगाएर रमाईलो गरेको गायिका सुनिता दुलालले जानकारी दिईन् ।
करिष्माको घरमा नन्दिता केसी, मुकेश ढकाल, सञ्चीता लुईटेल, अरुणीमा लम्साल, सुनिता दुलाल, सविन श्रेष्ठ, दिलिप रायमाझी, रमेश उप्रेती, अर्जुन श्रेष्ठलगायतका कलाकारहरुको सहभागिता रहेको थियो । होली मनाउन करिष्माको ललितपुरस्थित घरमा झण्डै एकसय कला क्षेत्रका ब्यक्तिको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया