सप्तरीमा मधेश मुक्ति टाइगर्सकी नेतृको हत्या

२ चैत्र २०७०, आईतवार १६:१३ मा प्रकाशित


राजविराज, २ चैत । सप्तरीको त्रिकौल गाविसस्थित आफ्नै घरमा जनतान्त्रिक मधेश मुक्ति टाइगर्सका समर्थक महिलाको हत्या भएको छ ।
त्रिकौल–५ निवासी ३८ वर्षीया निर्मलादेवी साहको आफ्नै घरमा शनिबार राति अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ । साह संविधानसभाको पछिल्लो निर्वाचनमा मुक्ति टाइगर्स पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार थिईन् ।
पारिवारिक समस्याका कारण उनको हत्या भएको हुन सक्ने छोरा दीपक साहले बताए । ‘परिवारको जग्गासम्बन्धी आफन्तसँग विवाद थियो,’ छोरा दीपकले भने, ‘रातिको घटनापछि घरमा रहेका जग्गासम्बन्धी कुनै पनि कागजात फेला परेका छैनन् ।’
दीपक काम विशेषले सिरहाको लहान गएका बेला आमाको हत्या भएको थियो । हत्याका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार