केही विषयमा मिनी जनमत संग्रह गर्नु पर्छ : मैनाली

२ चैत्र २०७०, आईतवार २०:४५ मा प्रकाशित


बुटवल, २ चैत । नेकपा (माले)का महासचिव सिपी मैनालीले नयाँ संविधानमा राख्ने केही महत्वपूर्ण विषयका सम्बन्धमा जनमत संकलन केन्द्र स्थापना गरी सुझाव लिनुपर्ने बताएका छन् ।
बुटवलमा आज (आइतबार) आयोजित कार्यक्रममा महासचिव मैनालीले राष्ट्रियता, नागरिकता, परराष्ट्रलगायतका विषयमा जनमत संकलन गरिनुपर्ने बताए । ‘नयाँ संविधानमा राष्ट्रियता, नागरिकता, परारष्ट्र जस्ता महत्वपूर्ण विषयमा परिपक्व नीति बनाउन राष्ट्रिय रुपमै बहस हुनुपर्छ,’ उनले भने, ‘देशभरि नै जनमत संकलन केन्द्र बनाएर मिनी संविधानसभाको रुपमा बहस गरिनुपर्छ ।’
उनले आफ्नो पार्टी सरकारमा छिट्टै सहभागी हुने बताए । ‘नेकपा (माले) बाट यस पटक मन्त्री बन्ने पालो महिलाको छ,’ उनले भने ।
महासचिव मैनालीले समयमै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका बनाउनुपर्ने समेत बताए । उनले अघिल्लो संविधानसभामा सहमति भएका विषय अहिले संविधानसभाले स्वामित्व ग्रहण गर्नका लागि अनुमोदन गराउनुपर्ने बताए ।
नेकपा–माओवादीसहितका दलको माग सम्बोधन हुनेगरी सर्वपक्षीय गोलमेच सम्मेलन गरेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘सम्मेलनको निष्कर्षलाई संविधानसभाले अन्तिम फैसला गर्ने सर्तमा मात्र हुनुपर्छ,’ उनले भने ।
उनले नयाँ संविधान जारी हुनुअघि नै स्थानीय निर्वाचन तत्काल गराउन माग गरे । उनले भने, ‘स्थानीय निर्वाचनले संविधान निर्माणको कार्यतालिकालाई प्रभावित पार्नु हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार