रतीको भूमिकामा श्रद्धा

२ चैत्र २०७०, आईतवार १५:१७ मा प्रकाशित

मुम्बई : बलिउड अभिनेत्री श्रद्धा कपुर रती अग्निहोत्री बन्ने भएकी छन् । चलचित्र ‘शौकिन’को बन्न लागेको रिमेक भर्सनमा श्रद्धा अग्निहोत्रीको रुपमा देखिने भएकी हुन् ।

‘तेरे बिन’, ‘लादेन’ जस्ता सुपरहिट कमेडी चलचित्र निर्माण गरेका अभिषेक शर्माले यसलाई निर्माण गर्न लागेका हुन् । चलचित्रमा रहेको रतीको भूमिकाको लागि यसअगाडिी नरगिस फाखरी चयन भएकी थिइन् । तर अहिले उनको ठाउंमा श्रद्धालाई ल्याइएको छ । चलचित्रको भूमिका चित्त नबुझ्दो देखेर नरगिसले छोडे पछि श्रद्धा खेल्न लागेकी हुन् । १९८२ मा प्रर्दशनमा आएको सुपरहिट चलचित्र ‘शौखिन’ तीन बृद्ध ब्याक्तिको कहानीमा आधारित छ ।
पुरानो चलचित्रमा बृद्धको भूमिकामा अशोक कुमार, उत्पल दत्त र ए.के. हंगलले अभिनय गरेका थिए । चलचित्रमा मिथुन चक्रवर्तीको समेत अभिनय थियो ।
तर अहिले बन्न लागेको रिमेकमा मिथुनको भूमिकामा अक्षय कुमार र अन्य तीन बृद्धको भूमिकामा अनुपम खेर, परेश रावल र अन्नु कपुरले गर्ने छन् । चलचित्र अहिले छायांकनको तयारीमा छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार