पेट्रोलियम पदार्थको मूल्यबृद्धिको निर्णय फिर्ता हुँदैन : प्रधानमन्त्री

२ चैत्र २०७०, आईतवार १४:२९ मा प्रकाशित


काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नलिने जनाएका छन् ।
मूल्यबृद्धि सकारको बाध्यात्मक परिस्थिति रहेको भन्दै कोइरालाले मुलुकलाई टाटपल्टिने अवस्थाबाट रोक्न कठोर निर्णय गरिएको बताए । ‘पेट्रोलियम पदार्थको मूल्यबृद्धि रहर होइन बाध्यता हो,’ प्रधानमन्त्री कोइरालाको भनाई उदृत गर्दै नेविसंघका प्रवक्ता यूपी लामिछानेले भने, ‘सरकारले मूल्यबृद्धिको निर्णय फिर्ता लिन सक्दैन । आन्दोलन फिर्ता लिएर सहयोग गर्नुस् ।’
मूल्यबृद्धिको आन्दोलनमा उत्रिएका दर्जन बढि विद्यार्थी संगठनहरुले आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर कोइरालालाई ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझिसके पछि कोइरालाले मुलुकलाई बचाउन अघिल्लो सरकारको निर्णय कार्यान्वयन गरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्नु परेको बताए । उनले विद्यार्थी र गरिव परिवारलाई सहुलीयत दिन सरकार तयार रहेको भन्दै वार्ताका लागि आह्वान गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धि नगरेको भए मुलुक टाटपल्टिने अवस्थामा पुगेको प्रधानमन्त्री कोइरालाको भनाई थियो । ‘अघिल्लो सरकारले मूल्यबृद्धि नगरेर निर्णय रोकेर राखेको रहेछ,’ उनले भने, ‘मूल्यबृद्धिको निर्णय नगरेको भए मुलुकलाई आर्थिक संकट पर्ने थियो ।’
भेटमा सहभागी उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सत्तारुढ दलकै विद्यार्थी संगठनहरुको आन्दोलनका कारण सरकारलाई चर्को दबाव परेको गुनासो गरे । उनले आन्दोलन फिर्ता लिएर सहमति गरी अगाडि बढ्नु पर्ने बताए ।
अर्थमन्त्री रामशरण महतले नेपाल आयल निगमको चुहावट रोक्न सरकारले पहल गर्ने बताए । उनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्न आएका सुझाव र प्रतिवेदनहरुलाई कार्यान्वयन गर्ने आश्वासन दिए ।
कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी र नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीलगायत दर्जन बढि विद्यार्थी संगठनहरु मूल्यबृद्धिको बिरोधमा सडकमा उत्रिएका छन् । उनीहरुको आन्दोलनले सरकारलाई दबाव परिरहेको छ ।
विद्यार्थी संठनहरुले आन्दोलन चर्काउने भन्दै उपत्यका बन्दका साथै सरकारी गाडी चल्न नदिने निर्णय गरिसकेका छन् । नेविसंघले अन्य शान्तिपूर्ण आन्दोलनमा साथ दिए पनि बन्दको कार्यक्रममा आफ्नो सहभागिता नहरने जनाएको छ । (तस्वीर सौजन्य यूपी लामिछाने )

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग