संघीयताका बिषयमा जनमत संग्रह गर्नु पर्छ : गुरुङ

२ चैत्र २०७०, आईतवार १३:५६ मा प्रकाशित


हेटौंडा, २ चैत । राष्टिय प्रजातन्त्र पार्टी, नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले संघीयताका विषयमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
मकवानपुरमा आज (आईतबार) गुरुङले संघीयता, धर्मनिरपेक्षता र राजसंस्थाका बारेमा जनमत गरिनु पर्ने बताए । ‘राष्ट्रको संघीयता, धर्मनिरपेक्ष तथा राजसंस्थाबारे भविष्यमा जनमत संग्रहबाट निर्णय गरिनुपर्छ, उनले भने, ‘केही राजनीतिक दलहरुको लहडका भरमा मुलुकलाईदुरगामी असर पर्ने निर्णय गर्नु हुँदैन ।’
उनले संविधानसभामा रहेका दलहरुले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने अठोट गरेको भए पनि सो समयमा संविधान आउनेमा आफूलाई विश्वास नलागेको बताए । उनले बाँकी रहेको आठ महिनामा सबै प्रक्रिया पूरा गरेर नयाँ संविधान ल्याउने सम्भावना नरहेको बताए ।
महामन्त्री गुरुङले स्थानीय निकायको चुनाव छिटो गर्न माग गरे । उनले मुलुकमा सुशासन राख्न स्थानीय निर्वाचन अनिर्वाय रहेको बताए । उनले कांग्रेस, एमाले र एमाओवादी मिलेर स्थानीय चुनावको बिरोधमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार