स्याङजामा जीप दुर्घटना हुँदा सात यात्रुको मृत्यु

२ चैत्र २०७०, आईतवार ११:४७ मा प्रकाशित


स्याङजा, २ चैत । स्याङजा जिल्लाको सेनीथुम्कामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाईते भएका छन् ।
पेलाकोट–९, सेनीथुम्कामा आज (आईतबार) बिहान लु १ ज १४५४ नम्वरको जीप दुर्घटना भएको हो । गल्याङबाट शिर्सेकोटमास्थित अकलादेवीको मन्दिरमा दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिव दुई सय मिटर तल खसेको छ ।
मृत्यु हुनेमा जगत्रादेवी–८ का ३५ वर्षीया ज्ञानु नेपाली, शोभा मगर, ३९ वर्षीय मनबहादुर नेपाली, १६ वर्षीया सीता नेपाली छन् । त्यसै गरी, तीनदोवाटो गाविसका २४ वर्षीय कमल थापा, कालिका गोठ गाविसका ३५ वर्षीया किसमाया सार्की, पिलाकोट–४ का ३५ वर्षीय सुकबहादुर सारु मगरको पनि मृत्यु भएको छ ।
घाईतेहरुको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो । उनीहरुको थप उपचारका लागि पाल्पा रिफर गरिएको वडा प्रहरी कार्यालय वालिङका सहायक प्रहरी निरीक्षक युवराज पाण्डेले जानकारी दिए । घाईते मध्ये केहीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार