सहारालाई आहा–रारा उपाधि

२ चैत्र २०७०, आईतवार ०७:५७ मा प्रकाशित

पोखरा, २ चैत ।  इतिहास रच्दै आयोजक सहाराले १२औँ संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालमा शनिबार सम्पन्न फाइनलमा सहाराले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङमस्र्याङ्दी क्लब लाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टामा राखेको हो ।

सहाराको जितमा सरोज दाहालले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ५४औँ मिनेटमा हेमन्त गुरुङको कर्नरमा हेडिङ गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । खेलमा थप कुनै गोल नभएपछि दाहालको गोल नै निर्णायक साबित तयो । प्रतियोगितामा दुवै टोलीबीच पाँचपटक प्रतिस्पर्धा भएको छ । जसमा सहाराले लगातार दुई संस्करणमा जित हात पार्‍यो । अघिल्लो संस्करणको क्वाटरफाइनलमा पनि सहाराले मनाङलाई टाइब्रेकरमा निराश पारेको थियो ।

सहारासँग पराजित भएपछि मनाङको चालू सिजनमा छैटौँ उपाधि जित्ने सपना पूरा हुन सकेन । उपाधिसँगै सहाराले तीन लाख ५१ हजार रुपैयाँ जित्यो । उपविजेता मनाङले दुई लाख एक हजार रुपैयाँ पायो । मध्यान्तरअघि मनाङले सहारामाथि दबाब राखेको थियो ।

यसविपरीत सहाराले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्‍यो । जसअनुरूप मध्यान्तरपछि मनाङमाथि सहाराले दबाब सिर्जना राख्यो । खेलको ३९आँै मिनेटमा सहाराका हेमन्त गुरुङको सटिक प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले क्लियर गरेका थिए ।

खेलको दोस्रो मिनेटमा मनाङका अनिल गुरुङले हानेको प्रहारलाई सहाराका गोलरक्षक सागर गुरुङले बचाएका थिए । सहाराको टोलीबाट हिमालयन शेर्पा, फ्रेन्ड्स, ब्वाइज युनियन र थ्री स्टारका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मनाङले आफ्नो सेट खेलाडीका साथ फाइनलमा प्रतिस्पर्धा गरेको थियो ।

जितपछि सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीहरूले मिहिनेत गरेकाले उपाधि हात पारेको बताए । ‘खेलमा हाम्रो रणनीति सफल भयो, साथै खेलाडीले फाइनलमा उत्तिकै मिहिनेत गरेका छन्,’ उनले भने, ‘हामीले मनाङलाई खुलेर खेल्न दिएनौँ, हाम्रा खेलाडीले नआत्तिकन खेलेँ ।’

मनाङविरुद्धको प्रतिस्पर्धामा सहाराको डिफेन्स बलियो भएको उनले बनाए । मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले आफ्ना खेलाडीले सोचेजस्तो खेल्न नसकेको बताए । ‘खेलमा फिनिसिङ र डिफेन्स राम्रो भएन, खेलाडीले आफ्नो स्वाभाविक खेल खेल्न सकेनन्,’ उनले भने । खेलाडीहरू बढी आत्मविश्वासी भएकाले पनि पराजित भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार