देवयानीविरुद्ध गिरफ्तार वारेन्ट

२ चैत्र २०७०, आईतवार ०७:४५ मा प्रकाशित

एजेन्सी

न्युयोर्क, २ चैत । न्युयोर्कको ‘ग्य्रान्ड जुरी’ले भारतीय कूटनीतिज्ञ तथा उपवाणिज्य दूत देवयानी खोबरागाडेविरुद्ध पक्राउ आदेश जारी गरेको छ । घरेलु कामदारलाई कम तलब दिएको तथा भिसाका लागि नक्कली कागजात प्रस्तुत गरेको आरोपमा देवयानीलाई जुरीले गिरफ्तार वारेन्ट जारी गरेको हो ।

न्युयोर्कको संघीय अदालतले देवयानीविरुद्ध परेको मुद्दा बुधबार मात्र खारेज गरेको थियो । अदालतले फैसलामा देवयानीको कूटनीतिक विशेषाधिकारका कारण सो मुद्दा खारेज गरेको बताएको थियो । अदालतको सो फैसलापछि देवयानीका बाबु उत्तम खोबरागन्डेले अदालतको फैसलाले आफ्नो जीवनलाई सबैभन्दा धेरै खुसी दिएको बताएका थिए ।

तर, शनिबार न्युयोर्कका सरकारी वकिल प्रित भराराका तर्फबाट जारी बयानमा देवयानीविरुद्ध नयाँ तरिकाबाट मुद्दा चलाउने उल्लेख गरिएको छ । बुधबार अमेरिकी अदालतले पनि सरकारले चाहे उनीविरुद्ध नयाँ प्रक्रियाबाट मुद्दा चलाउन सक्ने बताएको थियो ।

अमेरिकी अदालतले मुद्दा खारेज गरेको फैसला आउनेबित्तिकै भारतीय सरकारले त्यसको स्वागत गरेको थियो । शनिबार फेरि उनीविरुद्ध पक्राउ वारेन्ट जारी भएपछि भारत सरकारले त्यसको विरोध गरेको छ ।

पहिले देवयानीलाई अमेरिकी प्रहरीले समातेर अनुसन्धान गर्दा भारतले त्यसको चर्को विरोध गरेको थियो । देवयानीलाई निर्वस्त्र पारेर खोजतलासी गरिएको विषयको व्यापक आलोचना गरिएको थियो । सोही विषयलाई लिएर भारतीय संसद्मा विभिन्न दलले अमेरिकाको विरोध मात्र गरेनन्, भारतीय प्रधानमन्त्री, विदेशमन्त्रीलगायतले पनि अमेरिकी कार्यको खुलेर विरोध गरे ।

भारतमा कडा विरोध भए पनि अमेरिकाले भने निर्वस्त्र सोधपुछलाई सामान्य प्रक्रिया बताएको थियो । अमेरिकी प्रहरीले देवयानी मामलामा गिरफ्तारीको सामान्य प्रक्रियालाई पूरा गरेको बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा