एमाले युवा सभासदहरु निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा

१४ बैशाख २०६९, बिहीबार १९:१७ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । एमालेका युवा सभासद्हरुले नयाँ संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने मागसहित त्यसका लागि दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र परेका छन् । मिश्रित प्रणालीअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा संसदबाट निर्वाचित प्रधानमन्त्री दुवैलाई अधिकार बाँड्ने गरी दुवैलाई कार्यकारी अधिकार दिने गरी अगाडि बढ्न मिल्छ भन्ने शीर्ष नेताहरूबाट आइरहेको विचारले समस्या सुल्झाउनुको सट्टा बल्झाउने चेतावनी पनि उनीहरुले दिएका छन्।

एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा रहे पनि दुवैलाई कार्यकारी हैसियत प्रदान गर्ने मिश्रित प्रणालीभन्दा बरु माओवादी तथा नेपाली काँग्रेसबाट पार्टीगतरुपमा ल्याइएको प्रस्तावमा सहमति कायम गर्न सकिने पनि उनीहरूले बताएका छन्।

नेपाली काँग्रेसले संसदबाट निर्वाचित प्रधानमन्त्री र संवैधानिक तथा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा अघि सार्दै आइरहेका छन्।

सभासद्ले एमालेको भोलि दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटीको बैठकअघि पार्टी अध्यक्ष झलनाथ खनाललाई हस्ताक्षर बुझाउने बताएका छन्।

हालसम्म ५० जनाभन्दा बढी सभासद्ले हस्ताक्षर गरिसकेका छन्। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई