सरकार बिरुद्ध काठमाडौंमा बिद्यार्थीको प्रदर्शन

१ चैत्र २०७०, शनिबार १६:०८ मा प्रकाशित


काठमाडौं, १ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा १३ विद्यार्थी संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि आज (शनिबार) विद्यार्थीले प्रदर्शन गरेको नेविसंघका नेता ऋषिकेश जंग शाहले जानकारी दिए । उनले सरकारले पेट्रोलियम पदार्थमा भारि मूल्यबृद्धि गरेको भन्दै आपत्ति जनाए ।
प्रदर्शनकारी सरकारमा सहभागी र बाहिर रहेका राजनीतिक दलका विद्यार्थी संगठनहरु हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ता नगरे सम्म आन्दोलन जारी गर्ने जनाएका छन् ।
सरकार बिरुद्ध चर्का नारावाजी गरेका उनीहरुले सर्वसाधारणलाई ढाड सेक्ने गरेर भएको मूल्य बृद्धि स्वीकार नगर्ने चेतावनी दिए । तस्वीर सौजन्यः ऋषिकेश जंश शाह

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना