गर्भवती र सुत्केरीलाई ‘अमेरिकन कुखुरा’

१ चैत्र २०७०, शनिबार १४:५४ मा प्रकाशित


संखुवासभा, १ चैत । संखुवासभा जिल्लाको तामाफोक गाविसका गर्भवती र सुत्केरी आमा तथा बच्चालाई लक्षित गरी एक हजार ३ सय कुखुरा वितरण गरिएको छ ।
नेपालमा गर्भवती महिला र सुत्केरी तथा बच्चालाई राम्रो पोषण नहुँदा कुल जनसंख्याको ४१ प्रतिशत पुडकोपन र कुपोषणको सिकार हुने गर्छन् । पाँच वर्षभित्रमा २८ प्रतिशतमा झार्ने नेपाल सरकारको लक्ष्यअनुसार अमेरिकन सहयोग नियोग युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सुआहारा कार्यक्रमअन्तर्गत कुखुरा वितरण गरिएको हो ।
तामाफोक गाविसभित्रका प्रत्येक गर्भवती महिला तथा दुई वर्षमुनिका सुत्केरी आमा र बच्चालाई पाँच÷पाँच वटाको उन्नत जातको कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रमका संयोजक राजेन्द्र अधिकारीले बताए ।
अधिकारीका अनुसार कुखुराको अण्डा अमेरिकाबाट ल्याई काठमाडौंमा कोरलेर चल्लालाई जिल्लाको सदरमुकाम खाँदबारीको पोल्टी फर्ममा एक महिनासम्म हुर्काएर प्रत्येक लक्षित परिवारलाई दुई वटा भाले र तीन वटा पोथी वितरण गरिएको हो ।
वितरण गरिएका तीन वटा पोथीले दैनिक तीन वटा अण्डा पार्ने र अण्डा गर्भवती महिला, आमा र बच्चालाई खुवाएपछि पोषणमा सुधार आउने कार्यक्रम संयोजकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा