तनहुँमा युवक मृत अवस्थामा भेटिए

१ चैत्र २०७०, शनिबार १२:५८ मा प्रकाशित

दमौली, १ चैत । तनहुँ जिल्लाको भानु–६, नारेश्वरटारमा व्यास–८ निवासी ३३ वर्षीय सोमबहादुर अछामी मृत अवस्थामा भेटिएका छन् ।
होमराज लोहनी उच्च मावि नजिकैको खुल्ला चउरमा अछामी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाईएको छ ।
अछामी त्यस क्षेत्रमा लामो समयदेखि मजदुरी गर्दै आएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको शिलवालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण