नेपालको लगातार दोस्रो हार

१ चैत्र २०७०, शनिबार ०७:३६ मा प्रकाशित


काठमाडौं, १ चैत । ऐतिहासिक टी–२० विश्वकप क्रिकेट खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि पराजय बेहोरेको छ । नेपाल शुक्रबार दोस्रो अभ्यास खेलमा परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९युएई०सँग ६ विकेटले पराजित भयो । यसअघि पहिलो अभ्यास खेलमा नेपाल एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानको आयरल्यान्डसँग ५ विकेटले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँगै विश्वकपको पहिलो चरणअघि नेपाली टोली कमजोर देखिएको छ । अभ्यास खेलमा जितसहित मनोबल उच्च पार्दै विश्वकपको मुख्य स्पर्धामा खेल्ने नेपालको योजना पनि पूरा हुन पाएन । विश्वकपको पहिलो चरणमा प्रतिस्पर्धा गर्ने टोलीमध्ये दुवै अभ्यास खेल गुमाएको नेपाल आफ्नो समूहमा एक्लो र समग्रमा दोस्रो टोली बन्यो ।

नेपालले आइतबार हङकङविरुद्धको खेलबाट पहिलोपटक टी–२० विश्वकपको आधिकारिक खेल खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा आयोजक बंगलादेश र अफगानिस्तान जस्ता बलिया टोली पनि छन् । अभ्यास खेलको विश्लेषण गर्दा नेपालको पहिलो चरणको यात्रा कठिन देखिन्छ । दोस्रो चरण प्रवेश गर्नका लागि शक्ति राष्ट्रविरुद्ध थप माथिल्लो स्तरको प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपालका लागि आयोजक बंगलादेश र अफगानिस्तान सदाबहार कठिन प्रतिद्वन्द्वी हुन् ।

आफूसरहकै टोली हङकङले अभ्यास खेलमा माथिल्लो स्तरको प्रदर्शन देखाएको छ । हङकङले पहिलो अभ्यास खेलमा टेस्ट मान्यताप्राप्त टोली जिम्बाबेलाई नै पराजित गर्‍यो । दोस्रो अभ्यास खेलमा अर्को एसोसिएट टोली नेदरल्यान्डलाई हरायो । बंगलादेशले पनि दुवै खेलमा जित हात पार्दा अफगानिस्तानले एक खेलमा जित दर्ता गरेको छ । नेपाललाई समूह ‘ए’को शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा पुग्ने सपना पूरा गर्न बलिङ र ब्याटिङमा पूर्ण सुधार गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र