मापसे अभियोगमा लाइसेन्स नै निलम्बन

१ चैत्र २०७०, शनिबार ०७:२५ मा प्रकाशित


काठमाडौं, १ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ पटकभन्दा बढी पक्राउ परेका चालकको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया ट्राफिक प्रहरीले सुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २२ जनाको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार २२ चालकको लाइसेन्स नियन्त्रणमा लिई निलम्बनका लागि पठाइएको बताए । ट्राफिक प्रहरीले पहिलोपटक यसरी लाइसेन्स निलम्बनका लागि पठाएको हो ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले यस्तो सजायको सुरुवात गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, ०४९को दफा ६०मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमबमोजिम चालकले पालना गर्नुपर्ने सर्तहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएका अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र ६ महिनासम्मका लागि निलम्बन गर्न सक्नेछन् ।’

विभिन्न देशमा मादक पदार्थ चलाएर सवारी चलाउनेलाई जेलै हाल्ने चलन छ । नेपालमा दुई वर्षअघि मात्र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको थियो ।

लाइसेन्स निलम्बन हुनेहरूले ६ महिनासम्म सवारीसाधन चलाउन पाउनेछैनन् । ‘लाइसेन्स नै निलम्बन गर्न थालेपछि अब मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा कम आउने हाम्रो अपेक्षा छ,’ डिआइजी अधिकारीले भने ।

१७ मंसिर ०६८ बाट ट्राफिक प्रहरीले राजधानीमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही सुरु गरेको थियो । त्यसयता एक लाख २७ हजार ९ सय २९ जना कारबाहीमा परिसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । गत साउनयता मात्र ३५ हजार ९ सय ९२ जनामाथि प्रहरीले यस्तो कसुरमा कारबाही गरिसकेको छ ।

त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन सय २३ जनालाई थुनामा राखी सार्वजनिक अपराध ऐनअनुसार कारबाही गरिएको छ भने ११ जनालाई मापसे कारबाहीमा परी लाइसेन्स हराएको भन्दै अर्को बनाएपछि प्रहरीले थुनामा राखी मुद्दा चलाएको थियो ।

उता होलीको अवसरमा हुने ट्राफिक नियम उल्लंघन रोक्न ट्राफिक प्रहरीले विशेष चेकिङ गर्ने भएको छ । दिउँसै मापसे चेकिङ गर्ने तथा सवारी नियम पालना नगर्नेलाई पक्राउ गरिएको ट्राफिक महाशाखाको भनाइ छ ।

उपत्यकाका ४७ स्थानमा चेकिङ पोस्ट राखिने पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

लाइसेन्स लिन ट्राफिक शिक्षा अनिवार्य

लिखित परीक्षा र ट्रायल पास गरेर मात्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लिन पाइँदैन । ट्राफिकसम्बन्धी शिक्षा पनि लिनु अनिवार्य भएको छ । गत माघदेखि ट्राफिक प्रहरीको नेतृत्वमा लाइसेन्स प्रणालीमा यस्तो प्रावधान लागू गरिएको हो । ‘लिखित र ट्रायल पास गरेपछि पनि अनिवार्य रूपमा ट्राफिक शिक्षासम्बन्धी एकदिने कक्षा लिएपछि मात्र हामी अब लाइसेन्स दिन्छौँ,’ डिआइजी अधिकारीले भने ।

यातायात व्यवस्था कार्यालयमा यस्तो शिक्षा दिने व्यवस्था मिलाइएको छ । लाइसेन्स लिने व्यक्तिहरूलाई ट्राफिकसम्बन्धी धेरै कुरा थाहा नहुने भएकाले अनिवार्य रूपमा कक्षा लिने व्यवस्था गरिएको ट्राफिक महाशाखाले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार