भोज खाँदा एक सय पच्चीस बिरामी

१ चैत्र २०७०, शनिबार ०६:५४ मा प्रकाशित

नेपालगनञ्ज, १ चैत । बाँकेको कम्दीस्थित एउटा विवाह भोजका परिकार विषाक्त हुँदा एक सयभन्दा धेरै निम्तालु बिरामी परेका छन् । स्थानीय एकलाल थापाको घरमा शुक्रबार बिबाहको भोज खाएका निम्तालुमा बान्ता हुने र पेट दुख्ने समस्या देखिएको छ ।

कम्दीका दलैपुर, रंगी ताल, गुहाना र दोलैपुरका १ सय २५ जनालाई उपचारका लागि भेरी अन्चल अस्पताल र नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना गरिएको छ । खाना विषाक्त भएर एकैपटक धेरै बिरामी परेको जिल्ला जनस्वास्थ्यका फोकल पर्सन रामबहादु चन्दले बताए । ुबिबाह भोजमा दुषित मासु र अन्य परिकारले फुड प्वाईजनिङ भएको पाइयोु उनले भने ।

बिरामी हुनेमा एकै परिबारका ६ जनासम्म छन । एकै साथ, सयभन्दा बढी बिरामी अस्पतालमा आएका कारण बिरामीलाई बेडको अभाब भएको छ । थुप्रै बिरामीको भुईमै सुताएर उपचार गरिएको छ । बिरामीहरुको उपचारमा भेरी अन्चल अस्पताल, मेडिकल कलेज र जिल्ला जनस्वास्थ्य कार्यालयका दुई दर्जनभन्दा स्वास्थ्यकर्मी संलग्न छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार