कीर्तिमानी आरोही आप्पाको नयाँ यात्रा हिमालय क्षेत्रको संरक्षणकालागि

१४ बैशाख २०६९, बिहीबार १८:३१ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौं, १४ वैशाख । विश्व कीर्तिमानी आरोही आप्पा शेर्पाले आफ्नो बाकी जिबन हिमालय क्षेत्रका लागि समर्पण गर्ने घोषणा गरेका छन्। कीर्तिमानी आरोही आप्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २१ पटक आरोहण गरिसकेका छन्।
जलवायु परिवर्तनको मार झेलिरहेको हिमालय क्षेत्र र त्यहाँका जनताको जीवनस्तर उकास्न आप्पाले आफ्नै अध्यक्षतामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न एउटा समूह बनाएर क्रियाशील रहने बताए। आप्पाको समुहको नाम क्लाइमेट एलाइन्स फर हिमालयन कम्युनिटी दिइएको छ भने समूहमा क्याराभान चलचित्रका नायक डोल्पाका थिन्ले लुन्डुपलगायत देशभर हिमालय क्षेत्रका ११ सदस्य रहने छन्।भर्खरै सम्पन्न यात्राका क्रममा आपाले थिन्लेलाई भेटेर सँगै काम गर्न आग्रह गरेका थिए ।
हिमालय क्षेत्रका मुद्दाबारे क्रियाशील रहने आफ्नो समूह गैरसरकारी संस्थाजस्तो नहुने आप्पाले दाबी गरेका छन्। आप्पाको समूहलाई सहयोग गर्न अन्तर्राष्ट्रिय स्तरको इन्टरनेसनल सर्पोट ग्रुपमा पूर्वअमेरिकी उपराष्ट्रपति अल गोर, विश्व बैंकका अध्यक्ष रर्बट जोयलिक, बेलायती वकिल जोना लुम्ले, इटालीका प्रख्यात आरोही रायन होल्ड मेसनर, पाकिस्तानी अधिकारकर्मी आगा खानले सहयोग गर्ने पत्राचार गरिसकेका छन्।
आप्पाको समूह पदयात्रामा रहँदा उनीहरूले पत्रबाटै हिमालय क्षेत्रका जनता र जलवायु परिवर्तनविरूद्ध अनुकूलनका काम गर्न राजी रहेको पत्र पठाएका थिए। आप्पाको समूहलाई एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले समन्वय गर्ने छन्। द ग्रेट हिमालय ट्रेलमा आप्पाको समूह …क्लाइमेट सेलिब्रिटी वाक’को आयोजक हिमालयन क्लाइमेट इनिसिएटिभ आपा समूहको सचिवालय रहने छ।
९९ दिनमा हिमाल र पहाडी क्षेत्रको एक हजार पाँचसय ५५ किलोमिटर यात्रा सफलतापूर्वक सकेका आप्पालाई बुधबार उपत्यकामा मुख्यसचिव माधवप्रसाद घिमिरे, वातावरण सचिव कृष्ण ज्ञवाली, विज्ञान तथा प्रविधि सचिव गणेशराज जोशीले बधाइ तथा शुभकामना दिएक थिए।
आप्पाले भर्खरै सम्पन्न भ्रमणका आफ्ना अनुभवहरु सञ्चारकर्मीहरुलाई सुनाएका थिए । हिमालयन क्लाइमेट इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत प्रशान्त सिंहले आपाको यात्रा हिमालय क्षेत्रमा रहेका सम्भावनाको उजगार र समस्या पहिचानका लागि भएकाले यात्रा सकिए पनि त्यो क्षेत्रमा गरिने कामको सुरुवात भएको बताए।
यात्रा र त्यो अवसरमा भएका अनुसन्धानबारे चाँडै पुस्तक, तस्बिर पुस्तक, जर्नल, डकुमेन्ट्री लगायतहरू सार्वजनिक गरिने आयोजकले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता