दृढ इच्छा शक्ति भए एक बर्षमा संविधान : रेग्मी

३० फाल्गुन २०७०, शुक्रबार २१:३० मा प्रकाशित


काठमाडौं, ३० फागुन । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दलका नेताहरुमा दृढ इच्छा शक्ति भए एकै बर्षमा नयाँ संविधान जारी गर्न सकिने बताएका छन् ।
लुम्बिनी पत्रकार समाजले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रेग्मीले नयाँ संविधान निर्माणमा क्रियाशील हुन सबै राजनीतिक दल र संबद्ध निकायलाई आह्वान गरे । उनले नयाँ संविधानका लागि काम गर्न पनि आग्रह गरे ।
पूर्व अध्यक्ष रेग्मीले नेपाली जनताको चाहना अनुसार एक बर्षमा संविधान ल्याई आर्थिक प्रगति र राजनीतिक स्थायित्व प्रदान गर्न सबैको सकारात्मक भूमिका हुनु पर्ने बताए ।
समाजले मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मी, पूर्व गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरे, पूर्व कानून मन्त्री हरि न्यौपानेका साथै उर्जा मन्त्री राधा ज्ञवालीलाई बधाई तथा स्वागत गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र