प्रधानमन्त्रीद्धारा दाहालकी छोरी केसीको स्वास्थ्य लाभको कामना

३० फाल्गुन २०७०, शुक्रबार १६:४८ मा प्रकाशित


काठमाडौं, ३० फागुन । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी ज्ञानु केसी दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री कोइरालाले आज (शुक्रबार) काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा पुगेर दाहालकी छोरी केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको निजी सचिवालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
क्यान्सर रोगबाट पीडित केसीले लामो समयदेखि उपचार गराउँदै आएकी छन् । भारतमा उपचार भए पछि उनलाई पुनः काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था नाजुक रहेको पारिवारिक स्रातले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले सोही अस्पतालमा उपचार गराई रहेका तेह्रथुम जिल्लाका कांग्रेसका पूर्व सभापति डम्बर माबुहाङको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । माबुहाङले पनि क्यान्सर रोगको उपचार गराई रहेका छन् ।
त्यसै गरी, प्रधानमन्त्री कोइरालाले हाइपर टेन्सनका कारण ओम अस्पतालमा उपचाररत कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् सशांक कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । कोइरालाले ओम अस्पतालमा उपचार गराई रहेका छन् ।
प्रधानमन्त्री कोइरालाले उपचार गराई रहेका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार