पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नगरे आन्दोलन : माओवादी

३० फाल्गुन २०७०, शुक्रबार १३:४८ मा प्रकाशित

काठमाडौं, ३० फागुन । नेकपा–माओवादीले पेट्रोलियम पदार्थ र दूधको मूल्यमा भएको मूल्य बृद्धिको बिरोध गर्दै फिर्ता लिन माग गरेको छ ।
मूल्य बृद्धि गर्ने निर्णय सरकारले फिर्ता नलिए सडक आन्दोलन गर्ने नेकपा–माओवादीले चेतावनी पनि दिएको छ । सचिव देव गुरुङले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थमा भएको भारि मूल्य बृद्धिको बिरोध गरेका हुन् ।
सरकारले दुई दिन अघि मात्र दूधको मूल्य बढाएको थियो । दूधको मूल्य बृद्धि गर्ने निर्णयको पनि नेकपा–माओवादीले बिरोध गरेको छ ।
‘सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारि मूल्यबृद्धि गरेको छ,’ उनले भनेका छन्, ‘मूल्य बृद्धिप्रति पार्टीको गम्भीर आपत्ति छ ।’
‘सरकार पूरै आँखा चिम्लेर जनतामाथि आफ्नो कमजोरी थोपरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधि बन्द गर्न र मूल्यवृद्धि तत्काल फिर्ता लिन र जनविरोधी निर्णय नगर्न वर्तमान सरकारलाई गम्भीर आग्रह गर्दछौं ।’
नेकपा–माओवादीले मूल्यवृद्धि फिर्ता नलिए आफूहरु सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ ।
नेकपा–माओवादीले सरकार गठन लगत्तै फुटपाथका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध खेदेको भन्दै बिरोध पनि गरेको छ ।
‘निगमभित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरुको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको हो,’ नेकपा–माओवादीले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय