पेट्रोलियम पदार्थमा भारि मूल्य बृद्धि

३० फाल्गुन २०७०, शुक्रबार १२:३२ मा प्रकाशित


काठमाडौं, ३० फागुन । चरम घाटामा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारि बृद्धि गरेको छ ।
निगमको सञ्चालक समितिको निर्णय अनुसार आज (शुक्रबार) विहान देखि लागू हुने गरेर मूल्य बृद्धि गरिएको प्रवक्ता मुकुन्द ढुङगेलले जानकारी दिए । ‘निगम सञ्चालक समितिको निर्णय अनुसार आज विहान देखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ,’ उनले भने ।
निगमले पेट्रोल प्रतिलिटर दश रुपियाँ, डिजेल र मट्टीतेलमा छ रुपियाँ मूल्य बृद्धि गरेको छ । नयाँ दर अनुसार अब पेट्रोल लिटरको १ सय ३५ रुपियाँ पुगेको छ । डिजेल र मट्टीतेलको भाउ प्रति लिटरको १ सय ९ रुपियाँ पुगेको छ ।
यसैगरी निमगले आन्तरिक तर्फको हवाई इन्धनको भाउ पनि बढाएको छ । हवाई ईन्धनमा प्रति लिटरमा छ रुपियाँले बढेको छ । यसअघि निमगले गएको भदौ २६ गते मूल्य बृद्धि गरेको थियो ।
कांग्रेस नेतृत्वमा सरकार गठन भएको एक महिना भित्रै निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र