राज्य पुनर्संरचनामा माओवादीको नयाँ प्रस्ताव, दलहरु ससंकित

१४ बैशाख २०६९, बिहीबार १८:१९ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । माओवादीले राज्य पुनर्संरचनामा नयाँ प्रस्ताव ल्याएपछि कांग्रेसले असहमति जनाएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहिबार जारी छलफलहरुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाका बिषयमा नयाँ प्रस्ताव ल्याएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
पौडेलले भने, ‘एमाओवादीले राज्य पुनर्संरचनामा पहिलाको सहमतिबाट पछि हटेर नयाँ प्रस्ताव ल्याएको छ, यसबाट आशंका थपिएको छ ।’ पौडेलले माओवादी पूर्व सहमतिबाट पछि हटेको आरोप पनि लगाए ।
माओवादीले राज्य पुनर्संरचना गर्दा जिल्लाहरु टुक्राउने, सीमाङकन तथा नामाङकनहरुमा नयाँ प्रस्ताव ल्याएको पौडेलको भनाई छ ।
यस अघि राज्य पुनर्संरचनाका बिषयमा प्रमुख चार दलका वीच संघीय राज्य थोरै बनाउने, जातीय राज्य नबनाउने, जिल्ला नटुक्राउने, सीमाङकन र नामाङकन लगायतमा प्रारम्भिक सहमति भईसकेको थियो । सो सहमति माओवादीले तोडेर नयाँ प्रस्ताव ल्याएको कांग्रेसको ठहर छ ।
संविधानसभा भवनमा रहेका माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा तथा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले नयाँ संविधानका शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा छलफल गरिरहेका छन् ।
एक पक्षीय, दुई पक्षीय लगायतका बार्तामा दलहरुले आफ्ना एजेण्डामा अन्य दललाई सहमत गराउन राजनीतिक परामर्शमा जुटेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।