चौबीस बर्ष पछि पत्रकार महासंघ दाङ शाखाको नेतृत्व युनियनलाई

३० फाल्गुन २०७०, शुक्रबार ११:३२ मा प्रकाशित

दाङ, ३० फागुन । बामपन्थी पत्रकारहरुको दब्दबालाई चिर्दै नेपाल पत्रकार महासंघ दाङ, शाखामा नेपाल प्रेस युनियनले बर्चस्वसहित नेतृत्व हत्याएको छ ।
बिहीबार मध्यराति सम्पन्न मत गणनाको परिणाम अनुसार प्रेस युनियनका सुदीप गौतम अध्यक्षमा निर्वाचित भएका छन् । गौतमले प्रेस चौतारीका उम्मेदवार सविन प्रियसनलाई एक मतले पराजित गरेका हुन् ।
पत्रकार महासंघको महाधिवेशनमा प्रेस युनियनले पहिलो पटक अध्यक्षसहितका पदमा वर्चस्वसहित जित हासिल गरेको हो । यस अघि प्रेस चौतारी र क्रान्तिकार पत्रकार संघले आठ पटक सम्म पालैपालो नेतृत्व लिँदै आएका थिए ।
नवौं महाधिवेशनमा कांग्रेस निकट प्रेस युनियनले गौतम, एमाले निकट प्रेस चौतारीले प्रियसन तथा एमाओवादी, नेकपा–माओवादी, जनमोर्चा र स्वतन्त्र पत्रकारहरुका तर्फबाट उदय जिएमलाई अध्यक्षसहित अलग अलग प्यानल खडा गरी उम्मेदवारी दिएका थिए । दाङमा दुई सय ३८ सदस्य छन् । बिहीबार सम्पन्न निर्वाचनमा २ सय सात मत खसेको थियो ।
नयाँ कार्यसमितिमा पहिलो पटक अध्यक्षमा युनियनका गौतम निर्वाचित भएका हुन् । गौतमले आफू र आफ्नो प्यानललाई मत दिएर चुनाव जिताउने सबै सदस्यहरुलाई धन्यावाद पनि दिएका छन् ।
उपाध्यक्षमा क्रान्तिकारी पत्रकार संघको तर्फबाट लक्ष्मी आचार्य, कोध्यक्षमा प्रेस युनियनका रोशनमान श्रेष्ठ, सचिवमा युनियनकै गजेन्द्र बोहोरा तथा सहसचिवमा क्रान्तिकारीका डिल्ली मल्ल निर्वाचित भएका छन् ।
सदस्यमा चौतारीका निमुसंगम घती, चातारीकी रीता लामा, युनियनका बालाराम खड्का, क्रान्तिकारीका प्रशान्त वली, युनियनका गोपाल शर्मा भट्टराई, युनियन विमल गौतम, चौतारीका सन्तोष दहित, चौतारी सुनिता चौधरी, क्रान्तिकारीका राधेश्याम गुप्ता, युनियनका आर.के. शीतल, क्रान्तिकारीका जनक नेपाली र चौतारीका गोकर्ण पौडेल निर्वाचित भएका छन् ।
एक मतले आफ्ना उम्मेदवार प्रियसन पराजित भए पछि प्रेस चौतारीले केही समय महासंघको कार्यालयमा हो–हल्ला गरेको थियो । पुनः मतगणनाको माग गरेर चौतारीले कार्यालयमा ताला समेत लगाएको थियो । यद्यपि, निर्वाचन समितिले मतगणनाको कार्य निष्पक्ष रहेको भन्दै चौतारीको मागको सुनुवाई गर्न अस्वीकार गरी मत गणनाको नजिता सार्वजनिक गरिदिएको थियो । शाखाले ३४ जना पार्षद पनि चयन गरेको छ । पार्षदमा विपुल पोखरेल, दुर्गालाल केसी, शरद अधिकारी, सन्तोष सुवेदी, रामप्रसाद पौडेल, नरेन्द्र केसी, टीकाराम उदासी, केवी मसाल, हीरामणि दुःखीलगायतका पत्रकार निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा