म्याच फिक्सिङका ‘डन’ समातिए

३० फाल्गुन २०७०, शुक्रबार ०६:३५ मा प्रकाशित

काठमाडौं, ३० फागुन । कानुनतः कुनै पनि काममा सट्टेबाजी (म्याच फिक्सिङ) गर्न पाइँदैन । नेपालमा सट्टेबाजी पूर्णतः अवैध हो ।

तर, पछिल्लो समयमा लोकप्रिय खेलहरू फुटबल, क्रिकेटलगायतमा सट्टेबाजीको प्रयोग व्यापक रूपमा बढेपछि प्रहरीले अनुसन्धान थालेको छ । 

यसैक्रममा प्रहरीले खेलमा सट्टेबाजीको अवैध काम गर्दै आएका ललितपुरका विनोद महर्जनलाई पक्राउ गरेको छ । खेलाडीहरूले दिएको जानकारीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लामो समयदेखि राजधानीलगायत देशका विभिन्न सहरमा हुने फुटबल खेलमा म्याच फिक्सिङ गर्दै आएका महर्जनलाई काठमाडौं परिसरको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । हरेकजसो खेलकुदमा धनाढ्य व्यक्तिहरूसँग सट्टेबाजी गर्दै आएका महर्जन पछिल्लो पटक राजधानीमा सम्पन्न दुई फुुटबल प्रतियोगितामा समेत यस्तो गैरकानुनी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रहरीले सो कार्यमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । म्याच फिक्सिङ नेपालको खेलमा निकै कम हुने भए पनि दैनिक करोडको हाराहारीमा यसको खेलोफड्को हुने प्रहरीले अनुमान लगाएको छ ।

‘हालै सम्पन्न ए डिभिजन लिगका विभिन्न खेलमा समेत महर्जनले खेलाडी तथा क्लवका पदाधिकारीलाई किनेको हुन सक्ने आशंका गरिएको छ,’ काठमाडौं परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन चन्द ठकुरीले भने ।

भारतीय म्याच फिक्सरहरूको सिको गर्दै महर्जनले नेपालमा यस्तो गैरकानुनी धन्दा सञ्चालन गरेको डीएसपी ठकुरीले बताए । उनका अनुसार पक्राउ परेका महर्जनमाथि यसअघि पनि सट्टेबाजी र ठगीजस्ता गतिविधि गरेको उजुरी परेको छ । प्रहरीले उनीमाथि केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अगाडि बढाएको छ ।

महर्जनले युरोपमा हुने विभिन्न खेलमा समेत अनलाइनमार्फत म्याच फिक्सिङ गर्ने गरेको जानकारी डीएसपी ठकुरीले दिए । उनले भारतीय म्याच फिक्सरहरूसँग अनलाइनमा कुराकानी गरेर नेपालमा हुने ठूला प्रतियोगिताहरूको म्याच फिक्सिङ गर्ने गरेको डीएसपी ठकुरीले जानकारी दिए ।

नेपालमा बसेर उसले युरोपियन लिगदेखि विभिन्न देशमा हुने फुटबल प्रतियोगितामा समेत त्यस प्रकारको गतिविधिमा संलग्न हुँदै आएको पाइएको समेत प्रहरीले दाबी गरेको छ । क्रिकेट र फुटबलको विश्वकपको आयोजना हुँदा त उनले झनै ठूलो परिमाणमा म्याच फिक्सिङ र सट्टेबाजको बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको प्रहरीले आरोप लगाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी