भट्टराईले उठाएको बहस गम्भीर : एमाओवादी

३० फाल्गुन २०७०, शुक्रबार ०६:१८ मा प्रकाशित

काठमाडौं, ३० फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले उठाएको नयाँ शक्तिको खोजीका विषयमा एमाओवादीभित्र गम्भीर बहस सुरु भएको छ । भट्टराईले पार्टीको संगठनात्मक राष्ट्रिय सम्मेलनको सम्मुखमा सार्वजनिक गरेको अभिव्यक्तिलाई एमाओवादीले गम्भीर प्रकृतिको भन्दै छलफलको आवश्यकता औंल्याएको हो । 

भट्टराईले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको चरण सकिएको भन्दै समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपर्ने बहस सुरु गरेका छन् । उनको त्यस्तो तर्क एमाओवादीभित्र विवादमा छ । भट्टराईले पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धिलाई संस्थागत गरेर आर्थिक र सामाजिक क्रान्ति गर्दै विकसित समाजवादतिर अगाडि बढ्न नयाँ शक्तिको निर्माण र त्यसको जन्म अहिलेको आवश्यकता रहेको जिकिर गर्दै आएका छन् ।
उनले नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियाबाट हुन सक्ने भन्दै अहिलेकै पार्टीहरूले आवश्यकता बोध गरेर आफूलाई रूपान्तरण गर्ने, सबै पार्टीभित्रबाट नयाँ ध्रुवीकरण गराउने या यी दुवै प्रक्रियाबाट फरक ढंगले नयाँ नेतृत्व जन्मिन सक्ने बताउँदै आएका थिए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको टालटुले नीतिले पार्टी रूपान्तरण नहुने भन्दै बुधबार हिम्मतका साथ सच्चिएर अघि बढ्न भनेका थिए । भट्टराईको त्यस्तो पछिल्लो गतिविधि र सार्वजनिक अभिव्यक्ति पार्टी नीतिविपरीत रहेको भन्दै एमाओवादीले यसलाई गम्भीर रूपमा लिनुपर्ने ठहर गरेको हो ।
बिहीबार बिहान अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेको एमाओवादीको कार्यालय बैठकले भट्टराईले उठाएका बहसका विषयमा पार्टीभित्र औपचारिक रूपमा नै छलफलको आवश्यकता रहेको औंल्याएको हो । ‘भट्टराईले नयाँ शक्तिको खाँचो रहेको भन्दै उठाएको विषय गम्भीर भएकाले पार्टीभित्र छलफल गर्नुपर्ने आवश्यकता देखियो,’ एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भने, ‘यस विषयमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको छ ।’
बिहीबारको कार्यालय बैठकले दुई माओवादी अध्यक्षको संयुक्त विज्ञप्ति अनुमोदन गर्ने, पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका लागि संगठन विभागले तयार पारेको कार्यविधिलाई जिल्ला संयोजकहरूले दिएको सुझावका आधारमा सामान्य परिमार्जन गर्ने काम गरेको छ । त्यस्तै, बैठकले पार्टी सदस्यता नवीकरणका लागि १५ दिनको म्याद थप गर्ने, सम्मेलन सम्पन्न गर्न आर्थिक समितिको ‘टीओआर’ तयार पार्नेलगायतका काम गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र