चिनियाँ भूउपग्रह तस्बिर ‘गलत’

३० फाल्गुन २०७०, शुक्रबार ०५:३३ मा प्रकाशित

एजेन्सी


क्वालालम्पुर, ३० फागुन । मलेसियाली यातायातमन्त्रीले हराइरहेको मलेसियाली विमानको टुक्रा देखिएको भनिएको चिनियाँ भूउपग्रहका तस्बिरहरू ‘गलत’ र ती ‘भूलवश’ सार्वजनिक भएको बताएका छन् । मन्त्री हिसामुद्दिन हुसेनले बोइङ ७७७ ले हवाई ट्राफ्रिक निकायसँग सम्पर्क टुटेपछि घन्टौंसम्म उडिरहेको हुन सक्ने अमेरिकी समाचारको समेत खण्डन गरे । क्वालालम्पुरबाट बेइजिङतिर उडेको फ्लाइट एमएच ३७० गत शनिबारदेखि हराइरहेको छ, जसमा चालक दलसहित २ सय ३९ जना सवार छन् । मन्त्री हुसेनले विमान बेपत्ता हुनुलाई ‘अभूतपूर्व’ बताए ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै हुसेनले यहाँको चिनियाँ दूतावासले भूउपग्रह तस्बिरहरू ‘भूलवश’ सार्वजनिक भएको र यसमा एमएच ३७० को पाटपुर्जा नदेखिएको बताएको उल्लेख गरेका हुन् । यी अस्पष्ट तस्बिरहरू चिनियाँ सरकारी विज्ञान निकायले बुधबार सार्वजनिक गरेको थियो ।
हुसेनले सम्पर्क टुटेको चार घन्टासम्म पनि विमानले इन्जिन डाटा सतहमा पठाएको भन्ने वालस्ट्रिट जर्नलको समाचारसमेत अस्वीकार गरे । उनले आफ्नो समूहले मलेसिया एयरलाइन्स र इन्जिन निर्माता कम्पनी रोल्स–रोयससँग यस विषयमा कुरा गरेको र उनीहरू समाचार ‘गलत’ भनेको बताए ।
‘विमानले अन्तिम पटक दिउँसो १ बजेर ७ मिनेटमा गरेको थियो, जसमा सबै कुरा सामान्य भएको उल्लेख थियो,’ हुसेनले भने । उनले बेपत्ता विमान खोजी जारी रहने र कुनै खोट बाँकी नराख्ने बताए । ‘हामीले अहिले ४३ जहाज र ४० विमानलाई दक्षिण चिनियाँ सागर र स्ट्रेट्स अफ मलाक्कामा तैनाथ गरेका छौं,’ उनले भने ।
यसबीच, भियतनाममा भएको एउटा छुट्टै पत्रकार सम्मेलनमा एक जना विमान ट्राफिक अधिकारीले चिनियाँ भूउपग्रह तस्बिरमा देखिएको स्थानमा थप खोजीका लागि पाँचओटा जहाज र तीन विमान तैनाथ गरिएको तर त्यहाँ केही फेला नपरेको बताए । तथापि, भियतनामी अधिकारीहरूले भने ‘मलेसियाको सञ्चार र समन्वयबाट निराश भएको हो ?’

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३