माओवादीको दस संघीय राज्यको नयाँ प्रस्ताव, शीर्ष बार्ता निष्कर्ष बिहिन

१४ बैशाख २०६९, बिहीबार १८:१६ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । माओवादीले राज्य पुनर्संरचनाका सम्बन्धमा आज दस संघीय राज्यको नयाँ प्रस्ताव गरेपछि कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादीको उक्त प्रस्ताब प्रति असहमति जनाएका छन् ।
माओवादीले नयाँ प्रस्ताव गरेको राज्य पुनर्संरचनामा लिम्बुवान–मेची, किराँत–कोशी, ताम्सालिङ–इन्द्रवति, नेवा–वागमती, तमुवान–गण्डकी, मतराँत–धौलागिरी, कर्णाली, सेती–महाकाली, थारुवान–लुम्बिनी र मधेश–विराट छन् ।
बिहिबार राजधानीमा भएको चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादीले यस अघि भएको प्रारम्भिक सहमति विपरित दस प्रदेशको प्रस्ताव ल्याएको बाँकी तीन दलको आरोप छ ।
माओवादीले लिम्वुवान–मेचीमा धरान हुँदै पहाडी भेग, धनकुटा, तेह्रथुम, संखुवासभालाई मिसाएको छ भने किरात–कोशीका लागि लिम्वुवान, अरुण पूर्वका क्षेत्र राखेको छ ।
ताम्सालिङ–इन्द्रावतीमा रामेछाप पश्चिमदेखि बुढीगण्डकीसम्मको क्षेत्रलाई मिसाएको एमाले नेता शुरेन्द्र पाण्डेले जानकारी दिए ।
नेवा–बागमतीमा धुलिखेल, बनेपा र काठमाडौं उपत्यका छन् ।
तमुवान–गण्डकीमा तनहुँका केही भेग बाहेक सबै रहेका छन् ।
मगरात–धवलागिरीमा स्याङजाका केही भाग, कालिगण्डकी पश्चिमका क्षेत्रदेखि रुकुम सम्मलाई गाभिएको छ ।
कर्णाली–भेरीमा दुई क्षेत्रका जिल्लालाई गाभिएको छ ।
सेती–महाकाली प्रदेशमा कैलाली, कञ्चनपुरका केही भाग रहने छन् ।
थारुवान–लुम्बिनी प्रदेशमा कञ्चनपुरदेखि नवलपरासी सम्मको भाग लाइ मिसाएर माओवादीले प्रस्ताव गरेको पाण्डेले बताए ।
मधेस–विराटमा मोरङको उत्तरी भाग छाडेर चिवन पूर्वको सबै क्षेत्र यस प्रदेशमा रहने छन् ।
माओवादीको नयाँ प्रस्तावमा बाँकी दल कांग्रेस, एमाले र मधेसी मोर्चाले बिरोध जनाएपछि यस बिषयमा उनीहरुले भोलि पार्टीमा आन्तरिक छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको