टेलिकमको वाईफाई अब मुलुकभर

३० फाल्गुन २०७०, शुक्रबार ०५:२१ मा प्रकाशित


काठमाडौं, ३० फागुन । नेपाल टेलिकमको वाईफाई सेवा अब मुलुकभर विस्तार हुने भएको छ । ग्राहकलाई थप सेवासुविधा दिने उद्देश्यका साथ टेलिकमले सो सेवा विस्तार गर्न लागेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालले अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा बिहीबार राजधानीमा आयोजना गरेको ‘फोनमा हाम्रो अधिकार’ विषयक अन्तत्र्रिया कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले सेवा विस्तार गर्ने क्रममा मुलुकभर वाईफाई सेवा सुरु गर्न लागिएको जानकारी दिए ।

टेलिकमको गुणस्तर सेवा हामीलाई नै सन्तोषजनक छैन, उनले भने ‘द्रूत गतिमा सेवा विस्तार गर्न गृहकार्य गरिरहेका छौं ।’ उपभोक्तालाई सहज ढंगले सेवा उपलब्ध गराउनका लागि ग्राहक सम्पर्क केन्द्र र विभिन्न ग्राहक सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । सार्वजनिक यातायातलगायतका अन्य क्षेत्रमा समेत वाईफाई सुविधा विस्तार गर्न लागिएको उनको भनाइ छ ।

दुई महिनादेखि इन्टरनेट ग्राहक सेवा वृद्धि भएको भन्दै प्रबन्ध निर्देशक भट्टराईले एक वर्षभित्र थप नयाँ सेवा ल्याउने तयारीमा रहेको जानकारी दिए । युनाइटेट टेलिकमका उपप्रबन्धक केशव ज्ञवालीले सेवा प्रदायकहरूले समयसापेक्ष आप्mनो सेवा विस्तार गर्दै जानुपर्ने बताए । स्वदेशमा मात्र नभएर विश्वमा नै टेलिकमको सेवा प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले उपभोक्ताहरू सेवाबाट ठगिइरहेकाले सम्बन्धित सेवाप्रदायकले आप्नो सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । अधिकार प्राप्त गर्नका लागि उपभोक्ता आफं सजग र सचेत हुनुपर्नेमा उनले जोड दिए । अधिकांश सेवाप्रदायक निकायमा सेवा प्रभावकारी नभएकाले तत्काल सुधार गर्दै जानुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारलगायतका अन्य क्षेत्रमा उपभोक्ता अधिकार हनन भइरहेको बताए । पछिल्लो समय टेलिफोनमा नसुनिने, फोन नगर्दा पनि पैसा घट्नेजस्ता समस्या बढी देखिएको उनको भनाइ छ ।

सेवा प्रदायकले ग्राहकबाट पैसा मात्र असुल्ने काम भइरहेकाले सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । उपभोक्तासँग सेवा प्रदायकले प्रदान गर्ने सेवाहरू प्रस्ट, पारदर्शी र टेलिफोन सेवाको गुणस्तरमा सुधार गर्दै जानुपर्ने उनको भनाइ छ । टेलिकमले प्रदान गर्ने सेवामा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले नेपालको टेलिफोन सेवाबाट उपभोक्ताको पैसा थुत्ने काम भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार