दुई माओवादी एकीकरण प्रक्रियामा जुटे; एकताको संकेत संयुक्त बक्तव्य

३० फाल्गुन २०७०, शुक्रबार ०२:४३ मा प्रकाशित

काठमाडौं, ३० फागुन । संबिधान सभा निर्बाचनको परिणामले रन्थनिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तत पराजयको मूख्य कारण पार्टी बिभाजनलाई स्वीकार्दै दुई पार्टी एकीकरणबाट पराजयको घाउ सेक्ने रणनीतिमा जुटेका छन् ।

यसकै परिणाम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टी विभाजन भएको डेढ वर्षपछि बिहिबार संयुक्त बक्तव्य जारी गरी दुई माओवादी एकीकरण प्रक्रियामा जुटेको संकेत दिएका छन् ।

बिहिबार दुई माओवादी अध्यक्षको हस्ताक्षर सहित जारी संयुक्त प्रेस बक्तव्यले दाहाल र वैद्यद् दुई माओवादी एकीकरण गर्ने निष्कर्षमा पुगेको बजार हल्लालाई पुष्टि गरेको हो ।

बिहिबार राजधानीमा दुवै दलका शीर्ष नेताहरु सम्मिलित बैठकपछि जारी संयुक्त प्रेस बिहिबार जारी संयुक्त प्रेस बक्तव्यमा भनिएको छ, ‘बृहत् शान्ति–सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँताई दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दमन-धरपकड गर्ने र कारागारमा राख्ने काम भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर समस्या समाधान खोजिनु पर्छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘युद्धकालीन मुद्दा ब्युँताउने कामको विरोध एवम् भर्त्सना गर्दै त्यस्ता क्रियाकलाप अविलम्ब रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गरियोस ।’

बिज्ञप्तिमा केही दिनयता सरकारमा रहेका कतिपय मन्त्री र दलका नेताहरुद्वारा जेठ महिनामा स्थानीय निर्वाचन गर्ने भनी दिइएको अभिव्यक्तिप्रति ध्यानाकृष्ट भएको जनाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माणमा गम्भीर प्रश्न उठेको बताएका छन् ।

स्थानीय निकायको चुनावको विरोध गर्दै विज्ञप्तीमा अन्तरिम संविधान–२०६३ को धारा १३८ विपरीत हुने भएकाले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी हामी सम्बद्ध सबै पक्षसँग जोडदार आग्रह गर्दछौँ भनिएको छ ।

कार्यदिशा सच्चाए दुईपार्टी मिल्ने: अध्यक्ष वैद्य
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हेटौँडा महाधिवेशनबाट एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यदिशा सच्चाउन तयार भए दुई पार्टीबीच एकता सम्भव भएको बताएका छन् ।

बिहिबार पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले तत्कालीन केही मुद्दामा दुई पार्टीबीच समान मत रहेको बताउँदै कार्यदिशा मिले पार्टी एकता हुने बताए ।

दुई पार्टीबीचको भिन्नताबारे वैद्यले भने, ‘उहाँहरु नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्छ भन्दै हुनुहुन्छ। हामी नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन भन्छौँ, उहाँहरु संविधानसभाभित्रैबाट समाधान निकाल्ने भन्दै हुनुहुन्छ तर हामी संविधानसभा बाहिरबाट समाधान निकाल्ने पक्षमा छौँ।’

ती विषयमा एमाओवादीले आफूलाई सच्याएर अगाडि बढेमात्रै पार्टी एकता सम्भव भएको तर यथावस्थामा भने एकता हुन नसक्ने वैद्यको भनाइ छ।
संविधानसभामा एमाओवादीको स्थिति केही गर्न नसक्ने हैसियतमा रहेको भन्दै उनले संविधानसभाबाट बाहिरिन उसलाई सुझाव दिए ।

द्वन्द्वकालीन मुद्दा ब्युँताउनेजस्ता घटनाले दुवै माओवादीमाथि प्रहार सोझिएकाले परिवर्तनकारी शक्तिहरु एक ढिक्का हुनुपर्ने आवश्यकता महसुस भएको धारणा वैद्यको थियो ।

संविधान निर्माणपछि नयाँ स्थानीय संरचना गठनअनुरुप स्थानीय निकायको निर्वाचन गरिनुपर्नेमा अहिले नै निर्वाचनको कुरा गर्नु सङ्घीयतालाई पन्छाउने षड्यन्त्र भएको उनको जिकिर थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

आजको प्रमुख समाचार