ढुक्क हुनुहोस् संबिधान बन्छ: कांग्रेस सभापति कोइराला

१४ बैशाख २०६९, बिहीबार १८:१२ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले १२ बुँदे सहमतिबाट शुरु भएको नेपालको शान्ति प्रक्रिया अब टुङ्गिने चरणमा रहेको बताउनु भएको छ ।
माओवादीको हतियार र लडाकु सेनाको नियन्त्रणमा आइसकेको अबस्था र नयाँ संबिधान निर्माणको क्रमपनि अन्तिम चरणमा पुगेको चर्चा गर्दै कोइरालाले भन्नुभयो, ‘ढुक्क हुनुहोस् निर्धारित तिथिमै शान्ति प्रक्रियापनि टुङ्गिन्छ र लोकतान्त्रिक संबिधान पनि बन्छ ।’
नेपाल बिद्यार्थी संघले आज राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा सभापति कोइरालाले गिरिजाप्रसाद कोइरालाले देखाएका सहमति, सहकार्य र एकताकोबाटो बाटै नयाँ संबिधान निर्माणको प्रक्रिया अगाडी बढीरहको बताउनुभयो ।
कोइरालाले लोकतन्त्रका बिश्वव्यापी मान्यतासंग कुनैपनि संझौता नगरी संबिधानलाई अन्तिम रुप दिन कांग्रेस दृढताका साथ लागेको समेत दावी गर्नु भयो ।
‘अर्को पुस्ताले लोकतन्त्रका लागि संघर्ष गर्न नपर्ने अबस्था सिर्जना गर्न म प्रतिबद्ध छु’ कोइरालाको भनाई थियो ।
उहाँले संसदीय प्रणाली प्रतिको कांग्रेसको अडान कायम रहेको र त्यसमा बिचलित नहुने पनि बताउनु भयो ।
विद्यार्थीको वलिदान र संघर्षलाई आफ्नो उर्जाका रुपमा व्याख्या गर्दै उहाँले ती बलिदानहरुको लक्ष्य लोकतन्त्र र राष्ट्रको संबृद्धि भएकाले यी कुरामा कसैसंग नझुकेर अगाडी बढ्ने पनि बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको