अष्ट्रेलियाका नेपालीले सुरु गरे अटो व्यवशाय; थापाद्धयको अल्टिमेट च्यालेन्ज

२९ फाल्गुन २०७०, बिहीबार २०:१२ मा प्रकाशित

हेमन्त काफ्ले, सिड्नी.। अष्ट्रेलिया अध्यन ठुलो की अनुभव भन्ने प्रश्न भित्र आआफ्नै तर्क होलान । अनुभवले खारिएका् मान्छे जहा पनि बिक्न सक्छ तर प्रमाणपत्र मात्र बोक्दैमा सजिलै काम पाइन्छ भनेर ठोकुवा गर्न सकिन्न । तर अध्यनमा अनुभव थपीयो भने त्यो सुनमा सुगन्ध हुने पक्का छ । त्यसमाथी पनि बिदेशी भुमिमा कर्म गर्न त एउटा ठुलो पहाड नैं बोक्नुपर्छ । नया प्रविधी अनि सरकारी मापडण्ड भित्र रहेर काम गर्नु जो कसैका लागि पनि ठुलो चुनौती हुने गर्छ । यस्तै अस्ट्रेलियाको

सिड्नीमा एक जोडी नेपाली आफ्ना पौरखी हातहरुलाई तिखार्ने अनि ब्यवशायलाई निखार्ने काममा लागेका छन । प्रवासमा थोरै मात्र नेपालीको ब्यवशाय बनेको अटोमेकानिकल फील्डमा उत्रेका नारायण थापा र दिपक थापाको जोडीले अहिले ग्रानभिल क्षेत्रमा नामले भन्दा कामले सबैको मन जित्न थालेका छन ।
सिड्नीको नेपाली बाहुल्यता भएको ग्रानभिलको ब्लाकसेल स्ट्रीटमा अवस्थीत अल्टीमेट ह्वील्स एन्ड टायर्स अटो मेकानिक्स अहिले त्यसक्षेत्रको कहिलएको मोटर ग्यारेज बनेको छ ।
अल्टीमेट ह्विल्समा ग्रानभिलसँंगै वरपरका अर्वन,लिडकम,ह्यारिस पार्कवाट पनि नियमित ग्राहक आउने गर्छन भने नेपालीको बाहुल्यता भएको कोग्रा, रकडेल अनी हर्सभिलसम्म यसका नियमित ग्राहक रहदैं आएका छन । स्कील माइग्रेसन अन्तर्गत सन २००४ मा अस्ट्रेलिया छिरेका तनहुँका नारायण मगर र सन १९९९मा आइटी अध्यन गर्न यता आएका तनहुँकै दिपक थापा मगर अल्टीमेटका अचुक औजार हुन । एक दशक अघि अस्ट्रेलिया आएपनि थापामगर दाजुभाइले सन २०११मा मात्र आएर यो व्यबशायको थालनी गरेका हुन ।
इलेक्ट्रीसियन,सेक्युरीटी,ट्याक्सी व्यबशायमा हात हाल्दै पाारगंत भएका नारायण भन्छन,प्रवीधी आएपनि प्रमाणपत्र बिना काम गर्न नपाइने यहाँको नितीले ब्यवशाय सुरु गर्न ढिलो भयो । प्राविधिक सिक्षालयमा पढेर अनि चार बर्षे अनुभवपछि मात्र अटोमेकानिक सेन्टर खोल्न पाइने हुनाले धेरैका लागि यो फलामको चिउराझै बनेको नारायण बताउछन ।
नेपालमा अटोमेकानिकल क्षेत्रमा लामो अनुभव बटुलेका नारायण आफुले जानेको पेशालाई ब्यवहारमा उतार्न पाउनु जो कोहिको लागि पनि खुसीको कुरा भएको सुनाए ।अर्काको मजुदुरी भन्दा आफ्नो ब्यवशाय सय गुणा बेश भन्ने उनको सोचले मुर्त रुप लिन निकै बर्ष कुर्न पर्यो । यस्तो प्राविधिक काम गर्न किताबी ज्ञान मात्र काफी छैन, अनुभव पनि निकै महत्पुर्ण हुन्छ,त्यसैले नेपालका सिकेको सिप मेरा लागि यहा ठुलो सम्पती बनेको छ, उनले आफ्नो अनुभव यसरी सुनाए ।

नेपालमा रियल मेकानिकको काम गर्नु पर्ने तर यहाको अनुभव केहि बेग्लै रहेको नारायण सुनाउछन । यहाको श्रम निकै महंगो भएको कारण पुरानो चिज बनाउने भन्दा नया फेर्न सजिलो र सस्तो पर्ने हुनाले काममा केहि भिन्नता छ ,उनले बताए । पढेर मात्र होइन परेर पनि धेरै जानिन्छ भन्ने उनको सोचले अहिले ठुलो सहयोग पुर्याएको छ ,उनको ब्यवशायमा ।

आइटीको उच्च अध्यन सकेर प्राविधिक ज्ञानको भण्डारमा हामफालेका दिपक यहाको काममा दायित्व निकै महत्वपूर्ण रहने बताउछन । कुनै पनि काम गर्दा त्यसको सुरक्षा र सम्पुर्ण जिम्मेबारी लिनु पर्ने हुनाले काम निकै चुनौतीपूर्ण रहेको उनले बताए । अल्टीमेट ह्वील्स एन्ड टायर्समा सबैखाले गाडीको मर्मत तथा सम्भारको काम हुन्छ । दिपक यो व्यबशायमा निकै ठुलो प्रतिस्पर्धा भएको हुँदा राम्रो काम गर्न नसकिए धान्न कठिन हुने बताउछन । यस ब्यवशायमा मिडील इस्टको दबदबा रहेको बेला थापा दाजुभाइले यसलाई चुनौतीका रुपमा स्वीकारेको दिपक सुनाउछन । प्रतिस्पर्धामा राम्रो काम गर्न सकीयो भने बल्ल
ब्यवशायमा खरो उत्रीन सकिन्छ भन्ने हाम्रो लक्ष्य रहेको छ,दिपकले बताए । ग्राहको समिक्षा गर्दा करिब तिस प्रतिसत नेपाली र ७० प्रतिसत अन्य रहेको बताउने दिपक भन्छन, गुणस्तरिय सेवा नै अल्टीमेटको अहिलेको एक मात्र लक्ष्य हो ।

आफ्नो ब्यवशायमा पसिना बगाउँदा त्यसको मुल्य निकै महत्वपूर्ण हुने दिपक तर्क गर्छन । आइटी पढेर अटोमेकानिकल क्षेत्रमा आएका दिपक यो पेशा वाट सन्तुष्ट देख्छन । जे होस कर्मको फल मिठो हुन्छ,त्यसमाथि पनि यी पौरखी हातहरुको प्रवासी प्रयास सबै नेपालीका लागि उदाहरणिय बनोस ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९