सिराहामा प्रहरी र तस्करबीच गोली हानाहान

२९ फाल्गुन २०७०, बिहीबार २०:१० मा प्रकाशित


सिराहा, २९ फागुन । सिरहा जिल्लाको गागन खोलामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।
जमदह र मुक्सार गाविसको सीमा गागन खोलामा आज (बिहीबार) बिहान साढे एक बजेतिर गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो ।
प्रतिबन्धित लागूऔषध गाँजा बोकेर भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने सूचनाका आधारमा गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान भएको गोलबजारस्थित सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक लीलाबहादुर कार्कीले जानकारी दिए ।
गाँजा बोकेर आइरहेको तस्करलाई अगाडिबाट घेरा हालेपछि पछाडि रहेका तस्करले एक राउन्ड नलकटुवा पड्काएका थिए । त्यसको जवाफमा आफूहरूले पनि दुई पटक गोली चलाएको प्रहरी निरीक्षक कार्कीले बताए ।
गोली हानाहानमा मानवीय क्षति भएको छैन । प्रहरीले जवाफी प्रहारपछि तस्करहरू गाँजा छोडेर भागेका थिए । तस्कर भागेपछि घटनास्थल क्षेत्रमा खोजतलास गर्दा एक थान नलकटुवा, त्यसमा लाग्ने एक थान गोली र आठ किलो गाँजा फेला परेको छ । तस्कर भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
रातिको समय भएकाले तस्करको खोजी गर्न नसकिएको निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले