वासुलिङ्ग सुगर मिल पुनःसञ्चालन गर्छुः उद्योग मन्त्री

२९ फाल्गुन २०७०, बिहीबार १४:२८ मा प्रकाशित

धनगढी, २९ फागुन । उद्योग मन्त्री कर्णबहादुर थापाले कैलालीको चुहा गाविसस्थित बन्द अवस्थामा रहेको वासुलिङ्ग सुगर मिल पुनः सञ्चालनका लागि आफूले पहल थाल्ने बताएका छन् ।

बुधबार सुगरमिलको निरीक्षणका क्रममा मन्त्री थापाले मिल सञ्चालनको विषयलाई सरकारको आर्थिक नीति तथा कार्यक्रममा समेटेर पुनः सञ्चालनको पहल गर्ने अश्वासन दिए । स्थानीय कृषकले सुगरमिल सञ्चालनका लागि सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

२०५४ मा स्थापना भई केही वर्षसम्म चिनी उत्पादन गरेको यो मिल तत्कालीन द्वन्द्वलगायतका कारण २०५८ देखि बन्द हुन पुगेको थियो । उद्योग मन्त्रालयको एक टोलीले केही वर्षअघि उक्त मिलको वस्तुस्थिति सम्बन्धमा अध्ययनसमेत गरेको थियो ।

मिल बन्द भएपछि किसानबाट खरिद गरिएको उखुबापतको झन्डै तीन करोड भुक्तानी दिन बाँकी रहेको बताइएको छ । बन्दले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका सयाँै व्यक्ति बेरोजगार भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ