सरकारद्वारा छ सहसचिवलाई सचिवमा बढुवा

२९ फाल्गुन २०७०, बिहीबार १४:०५ मा प्रकाशित


काठमाडौं, २९ फागुन । मूल्यांकन, कार्यक्षमता र वरिष्ठाताका सरकारले छ सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनीहरुलाई वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
सरकारले आफ्नो साझा न्यूनतम कार्यक्रम पनि परिमार्जनसहित पारित गरेको छ । कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने तयारीमा भएको मन्त्री रिजालले बताए ।
बैठकले सुपुर्दगीसम्बन्धी, संगठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसदमा प्रस्तुत गर्ने निर्णयपनि गरेको छ ।
बैठकले मन्त्रीहरुको सम्पत्ति एक÷दुई दिन भित्रै सार्वजनिक गर्ने निर्णण गरेको मन्त्री रिजालले बताए । यस अघि सरकारले १५ दिनभित्र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने जनाए पनि अहिले सम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार