पाँच समितिको प्रस्तावसहित संविधानसभामा नियमावली मस्यौदा पेस

२९ फाल्गुन २०७०, बिहीबार १३:४९ मा प्रकाशित


काठमाडौं, २९ फागुन । संविधासभामा पाँच बिभिन्न समितिहरु सहित ‘संविधानसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७०’ पेस भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज (बिहीबार) बसेको बैठकमा मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् ।
मस्यौदामा संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति, संविधान लेखन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति एवं क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिसमेत पाँच वटा समिति गठन गर्न प्रस्ताव गरिएको छ । अघिल्लो संविधानसभाका काम कारबाहीलाई हेरेर अनुभवका आधारमा समितिको संख्या पाँच कायम गरिएको समितिका सभापति कर्णले जानकारी दिए ।
नियमावली मस्यौदा समिति निर्माणका लागि फागुन २९ गते संविधानसभाले ४९ सदस्यीय नियमावली समिति गठन गरेको थियो ।
संविधानसभाको अर्को बैठक आगामी चैत ५ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार