एक वर्षमा अठार हजार शिशु जन्मिए

२९ फाल्गुन २०७०, बिहीबार १३:२० मा प्रकाशित


कञ्चनपुर, २९ फागुन । कञ्चनपुरमा एक वर्षमा झन्डै १८ हजार शिशुको जन्म भएको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला विकास समिति कञ्चनपुरको गत आर्थिक वर्ष २०६९/७० को जन्मेका शिशुको तथ्याङ्कअनुसार १७ हजार ९ सय ९३ शिशुको जन्म भएको हो ।
सरकारले शिशु जन्मेको ३५ दिनभित्र सम्बन्धित स्थानीय निकायहरूमा जन्मदर्ता गराउन गए पैसा नलाग्ने व्यवस्था गरेको छ । सो अवधिमा जन्मनेभन्दा मृत्यु हुनेहरूको संख्या निकै कमी छ ।
आर्थिक वर्ष २०६९/७० मा दुई हजार ९६ जनाको मृत्यु भएको छ । यसैबीच सोही अवधिमा चार हजार, ३ सय १४ जोडी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
उमेर पुगेका सामाजिक परम्परा ऐनअनुसार उनीहरूको वैवाहिक सम्बन्ध भएको जिल्ला विकास समितिले जनाएको छ । २०६८ सालको जनगणनाअनुसार कञ्चनपुरको जनसंख्या झन्डै पाँच लाख बराबर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न