दुई चुरे भावर पार्टीबीच एकीकरण हुँदै

२९ फाल्गुन २०७०, बिहीबार १२:५९ मा प्रकाशित


काठमाडौं, २९ फागुन । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र चुरेभावर राष्ट्रिय पार्टीबीच एकताको प्रयास अन्तिम चरणमा पुगेको छ ।
दुइ पार्टीबीच एकताको घोषणा आगामी चैतको पहिलो साताभित्रै गर्ने तयारी भइरहेको हो । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको नेतृत्व अहिले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले गर्दै आएका छन् ।
चुरेभावर राष्ट्रिय पार्टीको अध्यक्ष पूर्वसभासद् केशब मैनाली छन् । दुवै पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको सर्वाेच्च नेताको जिम्मेवारी मैनालीले सम्हाल्ने छन् । अध्यक्षमा न्यौपाने नै रहने सहमति भइसकेको छ ।
केन्द्रीय कार्यसमिति ५१ सदस्यीय बनाउने तयारी भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
२०६३ को परिवर्तनसँगै स्थापना भएको चुरेभावर राष्ट्रिय एकता पार्टीले अघिल्लो संविधानसभामा एक सभासदसहित प्रतिनिधित्व पाएको थियो ।
पार्टीको नेतृत्व सम्हाल्ने सिलसिलामा पटकपटक विभाजन हुन पुगेको सो पार्टीले यसपटक संविधानसभामा प्रतिनिधित्व बिहीन हुन पुगेको छ ।
अध्यक्ष न्यौपानेले चुरेभावर क्षेत्रका जनताको आन्दोलनको बलमा पार्टी स्थापना भएको बताए । उनले एकीकरण लगत्तै पार्टीप्रति समर्पित व्यक्तित्व योगदानलाई उच्च सम्मानका साथ संगठन विस्तारमा लागि पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार