कांग्रेसले जम्बो संसद नबनाउन राजनीतिक दलहरुलाई आग्रह गर्ने

१३ बैशाख २०६९, बुधबार २०:२८ मा प्रकाशित

काठमाडौ, १३ बैशाख । कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले प्रतिनिधिसभाका सदस्य धेरै नबनाउन र राजनीतिक स्थिरता कायम हुनेगरी शासकीय स्वरुप बनाउनु पर्ने निर्णय गरेको छ ।

बुधबारको बैठकमा सभापति सुशील कोइरालाले राजनीतिक दलहरूको बीचमा भइरहेको छलफलका बारेमा समेत जानकारी गराएका थिए । संविधानसभा भवनमा बसेको उक्त दलको बैठकले राजनीतिक दलहरू बीचमा सहमति निकट पुगेको भनिएको प्रतिनिधिसभा सदस्यको सङ्ख्या ३२५ बनाउने भन्ने अनौपचारिक निर्णयलाई पुनरावलोकन गर्न राजनीतिक दलहरूसँग आग्रह गर्ने निर्णय गरेको पार्टी नेता राम शरण महतले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा सभापति कोइरालाले संविधान निर्माणका क्रममा देखिएका विवादहरू संवैधानिक समितिले थपेको दुई दिने म्यादभित्र नै हल हुने विश्वास ब्यक्त गर्नु भएको नेता महतले बताए ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सभासद्ले संसदीय प्रणालीबाट कांग्रेस अलग हुन नहुने विषयमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।