युवतीलाई ककपिटमै डाकेर रमाइलो गर्थे सहचालक

२९ फाल्गुन २०७०, बिहीबार ०५:३५ मा प्रकाशित

एजेन्सी


क्वालालम्पुर, २९ फागुन । शनिबारबाट हराइरहेको मलेसिया एयरलाइन्सको बोइङ विमानका सहचालकले विगतको उडानका क्रममा किशोरी पर्यटकहरूलाई ककपिटमै डाकेर रमाइलो गरेको तस्बिर र भिडियो सार्वजनिक भएपछि सनसनी मच्चिएको छ ।
मलेसियाली अधिकारीहरूले चालक दल र यात्रुमा सम्भावित ‘मानसिक समस्या’बारे अनुसन्धान थालेको बताएकै दिन यी तस्बिरहरू सार्वजनिक भएका हुन् । सो विमानमा रहेका सहचालक २७ वर्षीय फरिक अब्दुल हमिदले सन् २०११ मा फुकेटबाट क्वालालम्पुर उड्ने क्रममा दुई दक्षिण अफ्रिकी किशोरीहरूलाई ककपिटमा बोलाएर मनोरञ्जन गरेका थिए । उनी र उनका समकक्षीहरूले दुईजना युवतीसँग चुरोट खाँदै फोटो खिच्दै रमाइलो गरेका हुन् ।
‘उनीहरू उडान अवधिभर धूमपान गरिरहेका थिए । कसैलाई पनि ककपिटमा धूमपान गर्न छुट छैन,’ एकजना यात्रु जोन्टी रुसले अस्ट्रेलियाको एक करेन्ट अफेय™सँग भनिन्, ‘कहिलेकाहीं त उनी निकै आरामसँग सिटमा बसेर गफ गरिरहेका देखिएका थिए । हमिदले त मेरो साथीको हात समाएर त्यसलाई हेर्दै तारिफ गरेका थिए । उनले मेरो साथी निकै सिर्जनशील भएको बताउँदै उनको नेल पोलिस राम्रो भएको बताएका थिए ।’
यी युवतीहरूलाई एकजना परिचालिकाले उनीहरूको सिटबाट ककपिटमा लगेका थिए जहाँ उनीहरूले एक घन्टाको उडानभर रमाइलो गरेर बिताएका थिए ।
रुसले आठ नेटवर्क कार्यक्रममा हमिदले क्वालालम्पुरमा रात बिताउन आग्रह गरेको बताइन् । यसले मलेसियाली एयरलाइन्सको कमजोर सुरक्षा अभ्यासलाई देखाएको रुसले बताइन् ।
‘मैले यो पटक पनि सहचालकले त्यही गरेको भन्न खोजेको होइन । त्यसमा जे पनि भएको हुन सक्छ,’ उनले भनिन्, ‘मैले मसँग भएको जानकारी बाँड्न मात्र खोजेकी हुँ ।’ हमिद सन् २००७ मा मलेसिया एयरलाइन्समा आबद्ध भएका थिए । त्यसयता उनले २ हजार ७ सय ६३ घन्टा उडान भरेका छन् । उनका क्याप्टेन जाहारि अहमद साहले सन् १९८१ काम थालेका थिए । उनले १८ हजार घन्टा उडान भरिसकेका छन् ।
उनको उडान इतिहासले यो विमान गायब हुनुमा चालकको त्रुटि छ भन्ने भनाइलाई नकार्ने अधिकारीहरू बताउँछन् । ‘उनलाई बोइङ ७७७ बारे सबै कुरा थाहा थियो,’ उनका सहकर्मीले भने, ‘के ठूलो घटना भएको हुनुपर्छ जसका कारण यो विमान हराइरहेको छ । यो पूर्ण रूपमा विद्युतीय चुक हो ।’
सुरक्षामा त्रुटि भए पनि ती चालक दुवैजना क्षमतावान् भएको रुसको विश्वास छ । ‘हामीले चाहेका थियौं, उनीहरूले चुरोट खान छाडून् किनभने त्यो निकै साँघुरो ठाउँ हो । तर, हामी कुनै पाइलटलाई चुरोट नखानूस् भन्न सक्ने स्थितिमा थिएनौं,’ उनले अगाडि भनिन् । उनले विमान बेपत्ता भएको खबर सामाजिक सञ्जालबाट पाएकी थिइन् ।
‘विमान गायब भएको खबर सुन्दा म स्तब्ध भएँ,’ उनले भनिन्, ‘मेरो हृदय छिया–छिया भयो । यो वास्तवमै दुःखद कथा हो ।’
उता, मलेसिया एयरलाइन्सले यी युवतीको दाबीलाई गम्भीर रूपमा लिने बताएको छ । ‘हामी यो दाबीबाट स्तब्ध भएको छौं,’ एउटा वक्तव्य जारी गर्दै उसले भनेको छ, ‘तथापि हामीले यी तस्बिर र भिडियोको विश्वसनीयता पुष्टि गरिसकेका छैनौं । तर, संकटको घडीमा हामी हाम्रो ध्यान अन्त मोडियोस् भन्ने चाहँदैनौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त