प्रचण्डको अर्को पीडा

२९ फाल्गुन २०७०, बिहीबार ०५:२१ मा प्रकाशित

काठमाडौं, २९ फागुन । पार्टीको आन्तरिक स्थिति अस्तव्यस्त भएपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई अझै केही सयम दिन भन्दै पार्टीप्रति निराश देखिएका कार्यकर्तासमक्ष हारगुहार गरिरहेका छन्। संविधानसभा निर्वाचनबाट पराजय व्यहोरेपछि निराश बनेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूलाई अझै केही समय दिन आग्रह गर्ने गरेको बुझिएको छ।
सामान्य कार्यक्रममा समेत निकै ठूलो भीड लाग्ने गरेका एमाओवादी कार्यकर्ता पछिल्लो समयमा अध्यक्षले नै सम्बोधन गर्ने भनिएको कार्यक्रममा समेत उपस्थित हुन छाडेपछि झनै निराश देखिएका प्रचण्डले पार्टीको गोष्ठी, बैठक, प्रशिक्षणजस्ता कार्यक्रमलाई सम्बोधन गर्दै ‘पार्टीले छिट्टै नयाँ गति लिने, यसका लागि आफूले केही समय दिन अपिल गर्छु’ भन्ने गरेका छन्। सङ्गठनात्मक सम्मेलनको तयारीका क्रममा गैरभौगोलिक राज्य र जिल्ला समिति विघटन भएपछि कार्यकर्तामा केही निराशा देखिएको मैले पाएको छु, तपाईंहरू निराश नहुनुस्, पहिलेपहिले जस्तै सक्रिय भएर लाग्नुस्, सबैभन्दा ठुलो र शक्तिशाली पार्टी बन्नेछ– प्रचण्डको भनाइ रहने गरेको छ।
पछिल्लो समयमा पार्टी र कार्यकर्ताबीचको सम्बन्धमा फाटो देखिएको र कार्यकर्तामा निराशा पैदा भएको पार्टी हेटक्वाटरले नै निष्कर्ष निकालेको बताइन्छ। स्रोतका अनुसार धेरै एमाओवादीका कार्यकर्ता पार्टीमा निष्त्रि्कय रहँदै सदस्यता नवीकरणसमेत नगरी निजी काममा लाग्न थालेका छन्। एमाओवादीको शक्तिशाली सङ्गठनको रूपमा चिनिँदै आएको विद्यार्थी, मजदुर तथा वाईसीएलमा आबद्ध कार्यकर्ता मात्र नभएर नेताहरूसमेत सङ्गठन र पार्टीप्रति बेखबर रहेको बताइन्छ। यतिसम्म कि उनीहरू आफ्नो कमिटीको बैठकमा समेत उपस्थित हुन छाडेका छन्। गत फागुन १६ गतेसम्म मजदुर सङ्गठनको बैठकमा बहुमत सदस्य अनुपस्थित देखिएपछि झनै निराश देखिएका प्रचण्डले पार्टीको सबै सङ्गठनहरू निराश नहुन पटकपटक भनेका सङ्गठनका एक नेताले बताए।
एमाओवादीका एक नेताका अनुसार पार्टीप्रति पहिलेजस्तो उत्साह कुनै पनि नेता तथा कार्यकर्तामा देखिएको छैन। ‘पार्टीका सङ्गठित सदस्यहरू नै अहिले पार्टी काममा भन्दा पनि अन्य पेसा–व्यवसायमा रमाउन थालेको देखिन्छ,’ ती नेताले भने, ‘अहिले हाम्रा सक्रिय नेता तथा कार्यकर्ताहरू तरकारी, च्याउ, गोलभेंडा खेती तथा बंगुरपालनलगायत अन्य व्यवसायमा सक्रिय देखिएका छन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत