क्षेत्री समाज बेलायतको दोश्रो साधारण सभा सम्पन्न

१३ बैशाख २०६९, बुधबार २०:१२ मा प्रकाशित

राजन कुमार क्षेत्री, बेलायत । क्षेत्री समाज बेलायतले आइतबार आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो कार्यकालको लागि नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन क्षेत्री समाजका संरक्षक ध्रुव केसी र अध्यक्ष कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा पानसमा बत्ती बालि गरेका थिए । कार्यक्रममा युकेका बिभिन्न ठाउँमा छरियर बसोबास गर्ने क्षेत्री बन्धु परिवारको बाक्लो उपस्थिति थियो । कार्यक्रमको पहिलो चरणमा बार्षिक सभा साथै सांस्कृतिक कार्यक्रम र दोस्रो चरणमा निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो । क्षेत्री समाजका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

नयाँ कार्यसमितिमा निर्विरोध रुपमा अध्यक्ष भीम बानिया, उपाध्यक्ष प्रेम बहादुर खड्का, महासचिव राजन कुमार क्षेत्री, कोषाध्यक्ष धन बहादुर कुंवर, सांस्कृतिक सचिव सम्झना जीसी लगायत कार्यसमिति सदस्यहरु निर्वाचित भएका थिए । नव निर्वाचित्र अध्यक्ष भीम बानियाले आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रम प्लाम्स्तेडस्थित सेन्ट प्याट्रिक हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

आजको प्रमुख समाचार