न्युयोर्कमा शक्तिशाली बिष्फोट, २ को मृत्यू, ५५ घाइते, केहि बेपत्ता

२९ फाल्गुन २०७०, बिहीबार ०२:०९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, २९ फागुन । अमेरिकाको न्युयोर्कस्थित म्यानहटन शहरको पूर्वी हार्लेममा भएको शक्तिशाली बिष्फोटमा २ जनाको मृत्यू हुनुको साथै कम्तिमा ५५ जना घाइते भएका छन् । न्युयोर्क प्रहरीका अनुसार बिष्फोटमा परी २ जनाको मृत्यू हुनुको साथै ५५ जना घाइते भएका छन् भने केहि बेपत्ता भएका छन् । शक्तिशाली बिष्फोटन लगतै न्युयोर्कस्थित म्यानहटन शहरको दुई ठुला बिल्डिंग समेत ध्वस्त भएको थियो । बिष्फोट न्युयोर्कको स्थानिय समय अनुसार बिहान करिव ९: २८ बजे भएको अनुमान गरिएको छ । न्युयोर्क शहरका मेयरले दिएको जानकरी अनुसार बिष्फोटन ग्याँस चुहिएको कारण भएको थियो । न्युयोर्क शहरका मेयरले अचानक बिष्फोट भएको कारण समयमा उद्दार गर्न नसकिएकोमा दुख व्यक्त गरेका छन् । घटना न्युयोर्क शहरस्थित म्यानहटन शहरको पूर्वी हार्लेमको ११६ स्ट्रीट पार्क एवेन्यू इलाकामा घटेको थियो । न्युयोर्क प्रहरी र फायर डिपार्टमेंटले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जनाएको छ । बिष्फोटको धुवाले म्यानहटन शहरको पूर्वी हार्लेम क्षेत्र र त्यहाँको जनजीवन त्रशित बनेको थियो ।
प्रत्यक्षदर्शीले दिएको जानकरी अनुसार बिष्फोट शक्तिशाली थियो जसको प्रभावले आसपासको क्षेत्र प्रभावित बनेको थियो । घटना लगत्तै प्रहरी र दमकल पुगेको थियो । घटनास्थल आसपास धुवाले ढाकेको थियो भने अग्नि नियन्त्रणको लागि दमकलले पानीको फोहोरा फ्याकिरहेका थिए । घटनामा परेका व्यक्तिहरुको सकुशल उद्दार गरिए पनि अझै केहि व्यक्तिहरु फेला नपरेको प्रहरीले जनाएको छ । बिष्फोट भएको आस पास क्षेत्रमा मेट्रो सेवा केहि समय अवरुद्द बनेको थियो । स्थानिय अस्पताल माउन्ट सिनाइमा १४ घाइतेको उपचार भैरहेको छ भने ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार हताहत हुनेको संख्या बढीनै हुन सक्ने आंकलन गरिएको छ । अमेरिकी सुरक्षा निकायले बिष्फोटलाई आतंकबादी घटनासंग जोडेर हेरन नमिल्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । तर ग्यास लाइनसंग सम्बन्धित व्यक्तिले दिएको जानकारी अनुसार उक्त क्षेत्रका एक व्यक्तिले न्युयोर्कको स्थानिय समय अनुसार बिहान ९: १३ बजे ग्याँस चुहिएको जानकारी दिएका थिए त्यसको करिब १५ मिनेटमा शक्तिशाली बिष्फोट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस